tealaya add

अत्यधिक परिमाणमा चिल्लो पदार्थ प्रयोग गरी मासुका परिकार उपभोग गर्दा स्वास्थ्यलाई हानि मात्रै होइन, गम्भीर दुर्घटनासमेत निम्तिन सक्छ।

meat kantipathnews

नेपालीलाई दसैंमा मासु नखाइ हुन्न। दसैं भनेकै मासुको पर्व पनि हो। अधिकांश परिकार मासुकै हुन्छ। मासुका परिकार आफै पनि खाइन्छ र साथीभाईलाई पनि जमघट गराई खुवाउने चलन छ।

दसैं यतिकै अत्यधिक भीडभाड र बेफुर्सदिलो पर्व हो।

यो पर्व मनाइरहँदा मासुजन्य पदार्थको गुणस्तरियता र स्वच्छतामा निकै ध्यान दिनुपर्छ। मासु किन्दा यी कुराहरूलाई विचार पुर्‍याउँदा स्वास्थ्यमा असर गर्दैन ।

१. हरियो र कालो फिक्का जस्तो देखिने, च्यापच्याप लाग्ने र दुर्गन्ध आउने मासु खरिद गर्न हुन्न।

२. सकेसम्म छाला र भएको मासु प्रयोग गर्नु हुँदैन।

३. मासुलाई टुक्रा–टुक्रा पारी फ्रिजमा माइनस १८–३० डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण गर्ने।

४. पकाएको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने। फेरि फ्रिजमा राख्ने र खाने बेलामा तताउने प्रक्रिया घातक हुन सक्छ।

५. रातो मासु पोलेर, धेरै भुटेर, तारेर वा डढाएर खाँदा विभिन्न प्रकारको रोगलाई निम्त्याउने प्रवल सम्भावना हुन्छ।

६. माछा मासुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुडी सन्तुलन गरी खाँदा राम्रो हुन्छ।

७. गुणस्तरयुक्त खानेतेल र मसला मात्रै प्रयोग गर्नुपर्छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर