tealaya add

काठमाण्डाै -  उपचारका क्रममा मृत्यु भएका व्यक्तिका आफन्तले डिउटीमा रहेका डाक्टरमाथि निर्घात कुटपिट गरेपछि डाक्टरहरु पनि सेवा छाडी प्रदर्शन उत्रिएका छन् । कलकत्ता स्थित एनआरएस मेडिकल कलेज शिक्षण अस्पतालका डाक्टरमाथि भएको आक्रमणको विरोधमा पुरा भारतका डाक्टरहरु समर्थन गर्दै सडकमा उत्रिएका हुन् ।

doctor vs birami

कलकत्ता स्थित एनआरएस मेडिकल कलेज शिक्षण अस्पतालमा गत सोमबार बेलुका हृदयघात भएका ७५ बर्षीय मोहम्मद सइदलाई परिवारले उपचारका लागि ल्याएर भर्ना गरेका थिए । राती उनलाई उनलाई दोस्रो पटक हृदयघात भयो । रातीमा ड्युटिमा रहेका जुनियर डाक्टरले जीवन रक्षक इन्जेक्सन त दिए तर उनी बाँचेनन् ।

उनको हेरचाहमा बसेका परिवारका सदस्यहरुले ती जुनियर डाक्टरमाथि इन्जेक्सनबाट गलत औषधि दिएका कारण ज्यान गएको आरोप लगाएका छन । उनीहरुले यो कुरा आफ्नो गाँउमा पनि सुनाए र अस्पतालमा बोलाए । त्यस लगत्तै गाँउबाट राती ११ बजे दुईवटा ट्रकमा युवाहरु आए र ड्युटिमा रहेका डाक्टर परिवह मुखर्जी र यश टेकवानीलाई नराम्रोसंग पिटे ।

पिटाई खाएका डाक्टर मुखर्जीको टाउको मै गम्भीर चोट लाग्यो । टाउकोको हड्डी फुट्यो । सहकर्मी डाक्टरहरुले उनलाई निजी नर्सिङ होममा लगेर जटिल शल्यक्रिया गरे ।डिउटीमा रहेका आफ्ना सहकर्मीमाथि कुटपिट गरेपछि जुनियर डाक्टरहरुले आकस्मिक सेवा समेत ठप्प पारेर विरोधमा उत्रिए ।

अर्को दिन यो खबर पुरा कलकत्ताभर फैलियो । अर्को मेडिकल कलेजमा पनि यस्तै खालेको तनावको स्थिति सिर्जना हुन लाग्यो । गत बुधबार वर्दवान र मेदिनीपुर मेडिकल कलेजका डाक्टरले पनि घटनाको विरोधमा प्रर्दशन गरे । विरामीको आफन्तहरुसंग उनीहरुको पनि झडप भयो । त्यहाँ थप चार जना डाक्टर घाइते भए ।

यो घटनाको विरोधमा अधिकांश सरकारी डाक्टर आन्दोलनमा सहभागी भए । जसका कारण स्वास्थ्यसेवा नराम्रोसंग प्रभावित भयो । पश्चिम बंगाल राज्यमा रहेको कुल १८ वटा मेडिकल कलेजमध्ये १३ वटा सरकारी छ । तर आन्दोलनका कारण सबैठाउमा विरामीले दुख पाउन थाले ।

गत बुधबार नै नेशनल मेडिकल कलेजमा उपचारको अभावमा ३१ बर्षकी शिखा नाम गरेकी एक बिरामीको मृत्यु भयो । उसलाई स्वाशप्रस्वासमा समस्या थियो । कोलकत्तामा उपचार नभएपछि परिवारले कैनिङ अस्पतालमै फिर्ता गरे तर त्यहाँ पनि उनको उपचार भएन अन्तमा उनको ज्यान गयो ।

आन्दोलनपछि गत विहीबार अस्पतालको अनुगमनमा निस्केकी मुख्यमन्त्री ममता बनर्जीले घटना राजनीतिक रुपमा प्रेरित हुँदै गएको भन्दै डाक्टरलाई तत्काल सेवामा फर्कन चेतावनी दिइन। उनले आन्दोलन छाडी सेवामा फर्किन चार घण्टाको अल्टिमेटम दिइन । यसले स्थिति थप तनावग्रस्त बन्यो ।

पश्चिम बंगालको डाक्टरको समर्थनमा दिल्ली, महाराष्ट, गुजरात, आन्द्रप्रदेश, उत्तरप्रदेश गरी सबैजसो भागबाट चिकित्सकहरुले विरोध जनाउन थाले ।

शुक्रबार दिल्लीमा सरकारी चिकित्सक तथा आवासीय चिकित्सकहरु आकस्मिकबाहेकका सेवा छाडेर प्रदर्शनमा उत्रिएका छन् ।प्रर्दशनले दिल्लीमा रहेको अखिल भारतीय आयुर्वेद विज्ञान संस्थान (एम्स) बाहेक अधिकांश सरकारी अस्पतालमा बिरामीको बेलाह भएको छ ।

एम्सको रेजिडेन्टस डाक्टर्स एसोसिएशनका अध्यक्ष डा राजीव रञ्जनले भने, बिहीबार डाक्टरहरुले कोलकत्ताको घटनाको विरोधमा मौन प्रर्दशन गरेका थिए। तर आज भने हामी सडकमै उत्रिएर प्रदर्शन गर्दैछौँ ।यसैबीच एम्स अस्पतालका आवासीय चिकित्सकहरुले आजै केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्षवर्धनलाई भेटी कोलकत्ता घटनाबारेमा छलफल गरेका छन् ।

सो क्रममा मन्त्री डा हर्षवर्धनले मुख्यमन्त्री बनर्जीसंग राजनीतिसंग नजोडि हेर्न आग्रह गरेको बताए । उनले फेरी पनि माग सम्वोधन गर्न आफूले प्रयास थालिसकेको बताए । नेपाली हेल्थबाट

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...