annapurna add

dol news

न्याय हेल्थ नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाले सरकारसँग सम्झौता गरेर चलाएको प्रस्तावित चरिकोट अस्पतालले कोरोना महामारीका विरुद्ध लडिरहेका आर्थिक अभाबको बहानामा ३६ जना कर्मचारी कटौती गरेको छ । आर्थिक समस्या बताउने उक्त संस्थाले एक महिना सम्म कर्मचारी भर्ना गरिरहेको थियो । स्वास्थ्य सेवा सम्बन्धि भन्दा पनि विलासी बस्तुमा बढी खर्च गरेर श्रमजीवी ३६ जनाको पेटमा लात हानेको र दोलखाली जनताको स्वास्थ्यमा गम्भीर खेलवाड हुन लागेको भन्दै उनीहरुले बिज्ञप्ति नै निकालेका छन् । केहि पहिले अस्पतालले जोखिम भत्ता कटौती गरेको थियो । सरकारी बजेट समेत स्वास्थ्य क्षेत्रमा बढेर आएको सन्दर्भमा कोरोना महामारीको समयमा न्याय हेल्थ नेपाल र अस्पताल प्रशासन आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको उनीहरुको आरोप छ ।

दोलखामा पनि ३ दिन पहिले कोरोना संक्रमित बिरामी फेला परिरहेका छन्, जिल्ला स्थित निजि अस्पतालहरु स्वास्थ्य सेवा बाट पन्छिन खोजिरहेको बेला गैर सरकारी संस्थाले आफ्नो चरित्र देखाएको भन्दै अस्पतालका विरामीहरु समेत आक्रोशित बनेका छन् । उनीहरुले विभिन्न ७ बुंदे माग राखी दोलखाका विभिन्न राजनीतिक दल र सरकारी निकाय तथा पत्रकार महासंघ दोलखा लाई ध्यानाकर्षण गराएका छन् :

यस्तो छ उनीहरुको ध्यानाकर्षण पत्र :

swa2

swa1

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...