annapurna add

egg

अण्डा स्वास्थ्यवर्धक खानेकुरा हो। अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् ।

दिनहुँ अण्डा खानाले इम्युन सिस्टम ठीक रहन्छ । जसकारण भाइरल इन्फेक्सनका साथै रुघाखोकी जस्ता समस्याबाट बच्न सकिन्छ ।अण्डामा पाइने फालिक एसिड र भिटामिन बी १२ ले स्तन क्यान्सर हुनबाट बचाउँछ ।

एनिमियाका रोगीका लागि अण्डा धेरै फाइदाजनक हुन्छ । अण्डाबाट भिटामिन बी प्राप्त हुनछ । जसले शरीरमा रगतको कमी पूरा गर्छ ।

आँखा र दिमागलाई फाइदा गर्छ

अण्डामा कालिन नामक पोषण तत्व हुन्छ । जसले सोच्ने, सम्झने क्षमता बढाउँछ । साथै, अण्डामा पाइने कैरोटिनायड्स नामक तत्वले आँखाको रोशनी बढाउन मद्दत गर्छ । बिहानै अण्डा खानाले दिनभर पेट भरिरहेको महसुस हुन्छ । यसले भोक कम लाग्छ । जसबाट तौल बढ्नबाट रोक्छ ।

दिनहुँ दुईवटा अण्डा खानाले वैड कोलेस्ट्रोलको मात्रा कम हुन्छ । अण्डाले गुड कोलेस्ट्रोल शरीरमा बढाउँदा मुटुसम्बन्धी समस्या हट्छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...