annapurna add

डा. सुमनराज ताम्राकार । यौनांग चिलाउनु एक असहज र पीडादायी समस्या हो । त्यसो त पुरुष एवं बालबालिकामा पनि शरीरको विभिन्न भागमा चिलाउने समस्या हुन्छ । तर, महिला वा किशोरीमा वर्षा वा गर्मीयाम लागेसँगै यौनांग चिलाउने समस्या बढ्ने हुन्छ । र, स्त्री जननेन्द्रियमा चिलाएको अनुभूति हुनु र यौनांग दुख्नु एवं पीडा हुनु फरक–फरक कुरा हुन् ।

स्त्री रोग ओपीडीमा आउने महिलामध्ये करिब १० प्रतिशत महिला योनि एवं योनिद्वारवरिपरि चिलाउने समस्या लिएर आउने सम्बन्धित चिकित्सकहरू बताउँछन् । किशोरी अवस्थामा पुगेपछि स–साना रौँ पलाउने यौनांगवरिपरिको भागलाई मेडिकल भाषामा भल्भा भनिन्छ । योनिका साथै भल्भातिर पनि चिलाउने समस्या हुन्छ । धेरैजसो महिला चिलाउने समस्या राति बढी हुने गरेको बताउँछन् । राति एकाग्रता बढ्नु, केन्द्रीय स्नायु प्रणाली थकित हुनु एवं यौनांग वरिपरि तातोपना बढ्नुलगायत कारणले राति बढ्ता चिलाउँछ ।

संक्रमणका कारण यौनांग चिलाउने समस्या उत्पन्न हुन्छ । कतिपय छालाजन्य रोग, यौनरोग र बिरलै भए पनि भल्भाको क्यान्सरमा पनि यौनांग चिलाउने समस्या हुन्छ ।

सुगन्धित साबुन, क्रिम, डिटर्जेन्ट, यौन सम्पर्कका बेला प्रयोग गरिने कतिपय परिवार नियोजनका साधन, भड्किलो ट्वाइलेट पेपर र भित्री कट्टुमा प्रयोग गरिने कपडा (फेब्रिक) लगायत कारणले पनि यौनांग चिलाउने समस्या हुन सक्छ । त्यसै गरी, मायो क्लिनिकको तथ्यांकअनुसार तीनचौथाइ महिलाले आफ्नो जीवनकालमा एक न एक पटक ढुसीजन्य संक्रमणका कारण यौनांग चिलाउने समस्या बेहोरेका हुन्छन् । प्रायः महिलाले विभिन्न ब्याक्टेरियाजन्य संक्रमणका लागि एन्टिबायोटिक औषधि सेवन गरेपछि ढुसीजन्य संक्रमणको गुनासो गरेका हुन्छन् । यस्तो एन्टिबायोटिकले खराब ब्याक्टेरियाका साथै ढुसीको वृद्धि नियन्त्रण गर्ने राम्रो खाले ब्याक्टेरियालाई पनि नष्ट गर्ने हुनाले ढुसीको समस्या उत्पन्न हुन्छ । ढुसीजन्य संक्रमणमा यौनांग चिलाउने, पोल्ने, ढिक्का–ढिक्का योनिस्राव बग्नेलगायत असहज स्थिति पैदा हुन्छ ।

एक्जिमा र सोरियासिस नामक छालाजन्य रोगमा पनि यौनांग चिलाउने समस्या हुन्छ । दम, एलर्जीको समस्या भएका महिलामा एक्जिमाको समस्या पनि हुन्छ । एक्जिमाको समस्यामा छाला कत्ला–कत्ला पर्ने, रातो डाबर आउने समस्याका साथै यौनांग चिलाउने पनि हुन्छ । त्यसै गरी, सोरियासिसको समस्यामा तालु, जोर्नीका साथै यौनांगको छालामा कत्ला पर्ने, रातो दाग आउने तथा यौनांग चिलाउने समस्या हुन्छन् । सेबोरिक डर्माटाइटिस, इन्टरट्राइगोलगायत छालाजन्य समस्याले पनि यौनांगवरिपरि यसै गरी, ब्याक्टेरियल भजाइनोसिस नामक संक्रमण, शरीरको प्रतिरोधात्मक क्षमता र खराब ब्याक्टेरिया बीचको असन्तुलनले यौनांग चिलाउने, गनाउने एवं असामान्य खालको योनिस्राव बग्ने हुन्छ । क्लामाइडिया, यौनांगमा आउने मुसा (वार्ट), धातुमेह, हर्पिस, ट्राइकोमोनासलगायत यौनजन्य संक्रमणका कारणले हरियो वा पहेँलो योनिस्राव बग्ने, पिसाब पोल्ने र यौनांग चिलाउने हुन्छ । तर, पीपयुक्त योनिस्रावले चाहिँ योनिवरिपरि पनि पीडा गराउँछ । साथै, परजीवी (चुर्ना, लुतो) का कारणले पनि यस्तो समस्या आउँछ । नाइलनयुक्त भित्री कपडा वा कतिपय साबुन एवं केमिकलले धोएको भित्री कपडाको प्रयोगले पनि यौनांगवरिपरि चिलाउने समस्या हुन्छ ।

मधुमेह तथा पिसाब चुहिने समस्या भएका महिलामा पनि योनि र यसको वरिपरि चिलाउने समस्या हुन्छ । मानसिक तथा शारीरिक तनावका कारण पनि यौनांग चिलाउने समस्या उत्पन्न हुन्छ । तनावको कारण शारीरिक क्षमता कमजोर हुन गई चिलाउने समस्या हुन्छ । भिटामिन विशेषको कमी र मनोरोगबाट पीडित कतिपय महिलामा पनि यौनांग चिलाउने समस्या हुन सक्छ । त्यसो त यौनांग चिलाउने समस्या अन्य रोगको एउटा लक्षण मात्र पनि हुन सक्छ । त्यसैले चिलाउने समस्या भएकी महिलासँग चिकित्सकले विस्तृत तवरमा चिलाउन थालेको अवधि, अन्य लक्षण चिह्न, परिवार नियोजनको साधन प्रयोग, मानसिक समस्या, भित्री कपडाको बनोट आदि जानकारी लिने गर्छन् । शारीरिक जाँचको क्रममा पोषणको स्थिति, पंmगल वा अन्य संक्रमणको प्रमाण, चुर्ना, दाद भए÷नभएको पनि हेक्का राखिन्छ । सम्भावित रोग पत्ता लगाउन प्रभावित क्षेत्रको छाला खुर्केर जाँच गरिन्छ भने रगत, पिसाब, दिसाको जाँचबाट कारक तŒव पत्ता लगाउन सकिन्छ । तर, भल्भामा मात्र अत्यधिक चिलाउने समस्या छ भने ट्राइकोमोनास, क्यान्डिडा संक्रमण, भल्भाकै छालाजन्य समस्या, मधुमेह तथा भल्भाकै क्यान्सर वा ट्युमर हो÷होइन, छुट्याउन आवश्यक छ ।

उपचारका क्रममा व्यक्तिगत सरसफाइ, भित्री कपडाको उचित छनोटमा महिलालाई ध्यान दिन लगाइन्छ । मधुमेह, एलर्जीको यथोचित उपचार पनि गर्नुपर्छ । ट्युमर वा क्यान्सर लागेको शंका भएमा प्रभावित क्षेत्रबाट मासुको अंश निकाली (बायोप्सी गरी) त्यसको रिपोर्टअनुसार आवश्यक उपचार गराउनुपर्छ ।

यौनांग चिलाउने समस्याका साथै घाउ वा अल्सर देखापर्ने, पीडा हुने, प्रभावित भाग रातो हुने, पिसाब फेर्न गाह्रो हुने, पिसाब पोल्ने, गनाउने एवं असामान्य योनिस्राव बग्ने, यौनसम्पर्क राख्दा पीडा हुने भएमा सम्बन्धित चिकित्सकको सल्लाह र परामर्श लिनुपर्छ । गर्मी र वर्षामा यौनांग चिलाउने समस्याबाट बच्न नियमित रूपमा मनतातो पानीले यौनांग सफा गर्नुपर्छ । बासनादार साबुन, लोसन, क्रिम प्रयोग गर्नु हुँदैन । हरेक पटक महिनावारीको बेलामा मात्र यौनांग चिलाउने समस्या देखापरेको भए ट्याम्पुन वा स्यानिटरी प्याडको एलर्जीका कारण पनि हुन सक्छ । ती वस्तु म्याद नाघेको, ओसिएको, ढुसी परेको वा पहिल्यै बिग्रेको हो कि, चेक गर्नुपर्छ ।

स्विमिङ वा व्यायाम गर्ने बानी छ भने भिजेको वा ओसिलो कट्टु तुरुन्तै फेर्नुपर्छ । खानामा दहीको नियमित सेवनले शारीरिक प्रतिरोधात्मक क्षमता बढाउने तथा ढुसीजन्य संक्रमण घटाउने गर्छ । त्यसैले दिनहुँजसो दही खानुपर्छ । सुतीका कट्टु प्रयोग गर्नुपर्छ र दिनहुँ फेर्ने गर्नुपर्छ । यौनजन्य संक्रमणबाट बच्न कन्डम प्रयोग गर्न लगाउनुपर्छ । यौनांग सफा गर्ने बेलामा प्रत्येक पटक अगाडिबाट पछाडि अर्थात् मूत्रद्वार, योनिद्वारबाट मलद्वारतिर सफा गर्नुपर्छ ।

यसो गर्दा मलद्वारतिरको समस्या या संक्रमण योनि वा त्यसवरिपरि फैलिन पाउँदैन । sampurnaweekly

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...