tealaya add

funpark kantipath

काठमाडौँ : सर्वसाधारणलै भक्तपुरको पलांसेस्थित फनपार्ककाे धमिलो पानी प्रयोग गरेको गुनासो गरेका छन् । सोमवार फनपार्कमा बच्चा लिएर पुगेका सुर्यविननयम –७ का सुभाष श्रेष्ठका अनुसार, धमिलो पानीमा पौडी खेलेका बालबच्चामा एलर्जी देखिएको हो । जनताको प्रत्यक्ष स्वास्थ्य संग जोडिएको विषयमा कम्पनिले लापरवाही गरेका कारण आफ्ना बालबच्चामा एलर्जी दैखिएको बताउँदै सुभाषले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।


सेयर सदस्यहरु बीचको बिवादका कारण लामो समयदेखि बन्द रहेको फनपार्कले दुई साताअघि मात्रै सञ्चालनमा आएको थियो । भक्तपुरका अलवा, काठमाडौं, ललितपुर र काभ्रे लागायतका जिल्लावासीलाई गर्मी मौसममा उपयुक्त मानिदै आएको फनपार्कले बढी मुनाफा कमाउँने नाममा गुणस्तरहिन पानी प्रयोग गरेपछि स्थानीयले फनपार्कको विकल्प खोज्न थालेका छन् ।

फनपार्कका एक नियमित ग्राहकका अनुसार, प्रचण्ड गर्मी छल्न चाहने जो कोहिलाई पनि त्यहाँ पुगेर चिसो पानीमा पौडी खेल्ने इच्छा हुनु स्वाभाविक हो । तर, पानीमा फाेहाेर भएपछि पौडी खेल्नु अघि एकपल्ट सोच्नै पर्ने अवस्था आएको छ ।

फनपार्क सञ्चालक डा भोगेन्द्र शर्मा भने पाँचवटा बोरिङ गरेर तीन पटक सम्म फिल्टर गरेको पानी मात्र फनपार्कले प्रयोग गरेको दावी गर्छन् । शर्माले भने, “हाम्रोमा दैनिक एक हजार बढीले पौडी खेल्छन्, त्यसमध्ये एक–दुई जनालाई एर्लजी आउँनु ठुलो कुरा होईन ।”

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...