tealaya add

g k p

सप्तरी ( सप्तरीको पूर्वी क्षेत्रमा पर्ने कञ्चनरुप नगपालिकाको छुट्टाछुट्टै तीन ठाउँमा गरी छ दिन संचालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक सय तीन जना शङ्कास्पद बिरामी भेटिएका छन्। ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ भन्ने नारासहित कञ्चनरुप नगरपालिका ११ ठेलिया, ५ पिप्रा पूर्व र ८ कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा दुईरदुई दिन गरी छ दिन शिविर संचालन भएको हो।

तीन ठाउँको शिविरमा ८ सय ३८ जना बिरामी महिलाको जाँचसहित ४ सय ११ जनाको पाठेघरको मुखको जाँच गरिएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा संयोजक डम्बर प्रसाद गुप्ताले बताए। संयोजक गुप्ताका अनुसार त्यसमध्ये १ सय ३ जना महिला पाठेघरको मुखको क्यान्सर भएका शङ्कास्पद बिरामी र २८ जना आङ् खसेको पाइएको छ।

कञ्चनपुर शिविरमा जाँच गराएका तीन सय ५४ जना बिरामीमध्ये एक सय ८२ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो। त्यसमध्ये ४८ जना शङ्कास्पद रहेको र १२ जनाको पाठेघर बाहिर निस्किएको भेटिएको संयोजक गुप्ताले उल्लेख गरे। धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.मनोज साह, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ब्रजेश कुमार झा , नर्सिङ् अधिकृत लक्ष्मी चौधरी, प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डा. संजिव कुमार झालगायतको टोलीले शिविरमा महिलाहरुको जाँच गरेको हो।

सिरहामा १९ जना शङकास्पद त्यसअघि भक्तपुर क्यान्सर अस्पताल, लहान नगरपालिका–७।र नेपाल अर्बुद्ध रोग निवारण संस्था सिरहाको सहकार्यमा शनिबार लहानस्थित पशुपति आदर्श मा।वि।मा आयोजित क्यान्सर रोग शिविरमा पाठेघरको क्यान्सरका १९ जना शङ्कास्पद बिरामी भेटिएको थियो।

डा. अरबिन्द साहका अनुसार शिविरमा सहभागी महिलाको पाठेघरको प्यापस्मियर, स्तनको गाँठो, सेतो पानी बग्ने र गलगाँडका गरी ७१ जना बिरामीको जाँच गरिएको मध्ये १९ जना शङ्कास्पद बिरामी भेटिएको हो।

पाठेघरको ‘प्यापस्मियर गर्ने क्रममा पाठेघरको मुखमा घाउ, रातो भएको १९ जना महिला भेटिएपछि पाठेघरको रसको नमूना संकलन गरी भक्तपुर क्यान्सर अस्पताल पठाएको डा.साहले उल्लेख गरे।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...