tealaya add

 

download

काठमाडौं। यदि तपाईं पनि तत्काल इनर्जी पाउनका लागि एनर्जी ड्रिंक पिउनुहुन्छ भने सावधान हुनुस्। एनर्जी ड्रिङ्कले तपाईंको स्वास्थ्यलाई नोक्सान पुर्याउँछ। एनर्जी ड्रिङ्कले हाम्रो स्वास्थ्यलाई पुर्याउने ६ वटा नोक्सानको बारेमा जानकारी लिउँ।

एक एनर्जी ड्रिंकमा २ कप कफीमा हुने कैफिन पाइन्छ, जसले तपाईंलाई यसको लत लगाउन सकिन्छ। यति मात्र हैन, यसले तपाईंको शरीरमा गम्भीर समस्याहरू पनि निम्त्याउन सकिन्छ। त्यसैले यसलाई नपिउनु नै राम्रो हुन्छ।

एनर्जी ड्रिंक पिउनाले तपाईंको डाइटमा असर पर्न सक्छ। यसको सेवनले गर्दा हामी हाम्रो खानपानलाई खासै ध्यान दिंदैनौं, जसले हाम्रो स्वास्थ्यलाई एकदमै असर गर्छ .

यो इनर्जी ड्रिंकमा कोलेस्ट्रोलको मात्रा एकदमै धेरै हुन्छ, जसले हाम्रो शरीरलाई नोक्सान पुर्याउन सक्छ। एक ड्रिंकमा लगभग १३ चम्चा चिनी हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ। जसले शरीरमा धेरै किसिमका समस्याहरू बढाउँछ .

अमेरिकामा भएको एनर्जी ड्रिंकसँग सम्बन्धित एक सर्वेक्षण अनुसार अत्यधिक मात्रामा कैफिन हर्ट अट्याकको समस्या हुन्छ, जुन मृत्युको कारण पनि बन्न सक्छ।

एनर्जी ड्रिंकको अधिक सेवन तपाईंको दिमागको साथ साथ तपाईंको मुड र व्यवहारमा पनि असर पर्छ। यो तपाईंको व्यवहारमा चिडचिडापनको कारण पनि बन्न सक्छ।
मुड स्विंग हुनु, तनाव हुनु र डिप्रेशनको स्थिति पनि एनर्जी ड्रिङ्कको अधिक सेवनको परिणाम हुन सक्छ। यसको प्रयोग गर्नु एकदमै हानिकारक हुन्छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...