tealaya add

dengu rogi

काठमाडौ। साउन १ देखि १६ गतेसम्म (१६ दिनको बीच) मा हेटौंडामा २७ जनामा डेंगुका रोगी फेला परेका छन् । हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार मकवानपुर सहकारी अस्पतालमा १४ जना, हेटौंडा रेफरेन्स ल्याबमा ४ जना र जिल्ला जनस्वास्थ्य कार्यालय परीक्षण गर्न आएका ९ जनामा डेंगु रोग फेला परेको हो ।

हेटौंडामा डेंगु रोग फेला परेकाहरु विशेषगरी चितवन पुगेर उपचार गराइरहेका छन् । लामखुट्टेको टोकाईका कारण सर्ने सरुवा रोगको रुपमा रहेको डेंगु लागेपछि जाडो हुँदै उच्च ज्वरो आउने, जीउ तथा जोर्नी र हाड बेस्सरी दुख्ने गर्दछ । यस्तै आँखा चलाउँदा र घुमाउँदा दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने, रोग लागेको केही समयपछि छाला मुनी रगत जमेको धब्बाहरु देखापर्ने साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा र शरीरका अन्य अंगहरुबाट रगत बग्ने लक्षण देखिने चिकित्सकहरुले जानकारी दिएका छन् ।

यस रोगको कुनै विशिष्ट उपचार र खोपको विकास भने अहिलेसम्म भएको छैन । रोग देखा परेपछि चिकित्सकको सल्लाह अनुसार औषधि खाने र आराम गर्ने गर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक्निसियन अधिकृत भुपनारायण यादवको सुझाव छ ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नु नै एकमात्र विकल्प हो । हेटौंडामा डेंगुको संक्रमण बढेपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विशेष चासो दिएका छन् । बिहीबार उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीसंग यसको विषयमा जानकारी दिँदै सचेतना अभियानलाई तीव्रता दिन भनेका छन् ।

स्वास्थ्य संयोजक कार्कीले लार्भा र प्युपा नष्ट गर्नुपर्ने आवश्यकता औंल्याउँदै सचेतनाको लागि माइकिङ सुरु गरिसकेको बताए । यस्तै डेंगु परीक्षणको लागि निशुल्क परीक्षण कीट समेत ल्याइसकेको उनले बताए । ‘डेंगु लाग्यो भन्दैमा आत्तिनुपर्दैन’, स्वास्थ्य संयोजक कार्कीले भने, ‘डाक्टरलाई पनि डेंगु लागेको छ । खानपानमा ध्यान दिएर आराम गर्ने हो भने निको हुनेछ ।’

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...