tealaya add


सुजन ढकाल, हेटाैडा । ३ नम्वर प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्ने भएको छ । यसका लागि अध्ययन गर्न गठित समितिले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालनका लागि अध्ययन गर्न गठित समितिले साढे ३ महिना लगाएर गरेको अध्ययनको प्रतिवेदन सोमबार मुख्यमन्त्री डोरमणि पौडेल समक्ष पेश भएको छ ।

hetauda univercity kantipathnews

सामाजिक विकास मन्त्रालय अन्तर्गत विज्ञ समूहले विभिन्न विश्वविद्यालयहरुको अध्ययन गरी प्रदेशमा विश्वविद्यालय स्थापनाका लागि सिफारिस गरेको हो । प्रदेशमा स्थापना गरिने विश्वविद्यालयलाई उत्कृष्ट प्राज्ञिक विश्वविद्यालयको रुपमा विकास गरिने प्रदेश तीनका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।

‘प्राज्ञिक स्वतन्त्रता सहितको विश्वविद्यालय स्थापना हुनेछ,’ अध्ययन समितिका संयोजक समेत रहेका मन्त्री दुलालले भने,‘आर्थिक र वित्तीय व्यवस्थापन विश्वविद्यालय आफैंले गर्ने गरी संरचनाको प्रस्ताव गरिएको छ । प्रदेशको आवश्यकताका आधारमा विश्वविद्यालय स्थापना गर्ने गरी हामीले प्रतिवेदनमा सिफारिस गरेका छौं ।’

नेपालका विश्वविद्यालयहरुको अध्ययन गरेर विज्ञहरुसँगको छलफलबाट सिफारिस गरिएको उनले बताए । विश्वविद्यालयको ढाँचा, प्राज्ञिक स्वरुप, आर्थिक वित्तीय व्यवस्थापन, जनशक्तिको उत्पादन, शैक्षिक कार्यक्रमलगायतको विषयमा सिफारिस गरिएको हो । अध्ययन र अनुसन्धानमा विश्वविद्यालय केन्द्रित हुने भएकोले नेपालकै नमुनाको रुपमा विश्वविद्यालय अघि बढ्ने मन्त्री दुलालले बताए । यो प्रतिवेदन कार्यान्वयन हुने अध्ययन कार्यदलले विश्वास व्यक्त गरेको छ ।

यता, विज्ञको रुपमा अध्ययन टोलीमा समावेश डा. युवराज संग्रौलाले प्रदेशले आवश्यकताका आधारमा विश्वविद्यालय स्थापना गर्दै जाने गरी प्रतिवेदनमा सिफारिस गरिएको बताए । प्रविधि र समाज विज्ञानलाई समेटेर स्थापना गर्ने विश्वविद्यालय प्राथमिकतामा पर्नु पर्ने उनले बताए ।

‘पहिला प्रविधि र समाज विज्ञानलाई समेटेर प्रदेश सरकारको थिड्ढ ट्याङ्कको रुपमा विकास हुने विश्वविद्यालयबाट काम थालौं,’ उनले भने,‘त्यस पछि केही विशिष्टकृत प्रविधि र विज्ञानसँग आधारित विश्वविद्यालयहरुमा काम गरौं । जस्तो मेडिकल विश्वविद्यालय, कृषि विद्यालय खोल्न पनि सकिने गरी जान सकिन्छ । अरु विश्वविद्यालय जस्तो पनि सञ्चालन गर्न सकिन्छ । आवश्यकता अनुसार प्रदेश सरकारले कस्तो, कस्तो विश्वविद्यालय बनाउने हो त्यस अनुसार सोच्दै जानु पछ ।’ विशेष गरी अध्ययन र अनुसन्धानको पाटोमा केन्द्रित हुने गरी विश्वविद्यालय स्थापना हुनु पर्नेमा उनले जोड दिए ।


विश्वविद्यालयले आर्थिक र वित्तीय पाटो आफैंले सम्हाल्ने गरी सक्षम बनाइनु पर्ने सिफारिस गरिएको छ । यसका लागि विश्वविद्यालयमा कोष सञ्चालनका लागि कोष नियन्त्रक र कोष संरक्षकको परिकल्पना गरिएको छ जुन विश्वविद्यालय संरक्षक समितिको मातहत हुनेछ । संरक्षक समितिले विश्वविद्यालयको संरचना, सम्पत्ती र नीतिहरुको संरक्षण र समयानुकुल परिमार्जन गर्दै जानेछ ।

सञ्चित कोष निर्माण गरी वार्षिक कार्यक्रम तयार गरी कोष परिचालन हुने परिकल्पना गरिएको छ । स्रोतको व्यवस्थापन विश्वविद्यालय आफैंले गर्न सक्ने गरी सञ्चालन हुनु पर्ने बताइएको छ । विश्वविद्यालयले उत्पादन गर्ने कोही पनि विद्यार्थी बेरोजगार नहुने उनले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...