1478958692 banner ad format

 
 

एचआईभी एउटा भाइरस हो जसको कारणले एड्सको अवस्थामा पुर्याउँदछ । एचआईभीलाई अहिले संसारभरि नै एउटा रोग भन्दा पनि संक्रमणका रुपमा हेरिन्छ । हरेक एचआइभी संक्रमितहरु एड्स लागेका होइनन् । आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआइइभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेका छन् । 

HIV infected nepal

एचआईभी सम्बन्धी मानिसमा अझै चेतना आइसकेको छैन । संक्रमित व्यतिm देख्न साथ छि–छि र दुरदुरको भावना अझै पनि हाम्रो समाजमा छ । 

एचआइभीले होइन, समाजले लगाउने लान्छान घृणले गर्दा धेरै मानिस खुल्न चाहन्नन् र यसको कारणले धेरैको मृत्यु  भइरहेको छ । यौन, यौनिकता अनि प्रजजन् स्वास्थ्यसँग सम्बन्धित कुराहरु हामी खुलेर गर्न चाँहदैनौं र त्यसै कारणले पनि धेरै प्रकारका यौन अनि प्रजनन् स्वास्थ्यका आयामहरुबाट हामी अनभिज्ञ छौं । 

 एचआइभी एउटा भाइरस हो । जसको कारणले एड्सको अवस्थामा पुर्याउँछ । एचआईभीलाई अहिले संसारभरिनै एउटा रोग भन्दापनि संक्रमणका रुपमा हेरिन्छ । हरेक एचआईभी संक्रमितहरु एड्स लागेका होइनन् । विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआइभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेका छन् । एचआइभी संक्रमितसँग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने गफ केवल भ्रम हो । संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहन्छ ।

नेपालमा एकदशक अगाडी सम्म एचआईभी एउटा महामारीका रुपमा थियो, महामारी अर्थात् एपिडेमिक भनेको यस्तो संक्रमण जुन जो कोहीलाई पनि हुन सक्दछ । विस्तारै सरकारी अनि गैरसरकारी संस्थाहरुको सहयोग अनि लगानीका कारणले नेपालीहरुमा एचआईभीको ज्ञान र जनचेतनामा अभिवृद्धी हुँदै गएर आजका मितीमा एचआईभी एउटा केन्द्रित महामारी अर्थात कन्सन्ट्रेड एपिडेमिक भएको छ । यो भन्नाले केही निश्चित समूहमा मात्र यो संक्रमणको सम्भावना रहने र कूल जनसंख्याको १ प्रतिशतभन्दा कमलाई मात्र महामारी भएको भन्ने बुझिन्छ, नेपालमा यसरी एचआईभीको जोखिममा धेरै भएका समुहहरुमा मुख्यतः
१. वैदेशिक रोजगारीमा रहेका र तिनका परिवारहरु
२. समलिंगी यौन सम्पर्क गर्नेहरु
३. सुइद्वारा लागु पदार्थ सेवनगर्नेहरु
४. असुरक्षित यौनकर्म गर्ने महिला, यौनकर्मी र तिनका सेवाग्राहीहरु ।

एड्सका लक्षणहरु 
यो रोग लागेका बिरामीलाई लक्षण भाइरल रोगको जस्तो देखीन्छ त्यसैले कति मान्छे रोग पहिचान गर्नमा झुक्किने गर्छन् । 
ज्वरो आउनु
पखाला लाग्नु
वजन घट्नु
जनै खटिरा आउन सक्छन् 
कुपोषणका लक्षणहरू देखिनु
छालाका विभिन्न समस्या आउनु
मुख तथा घाँटीमा काई (सेतो) आउनु
दाँत वा गिजाका समस्याहरू
खोकी वा स्वास फेर्न गाह्रो हुनु
चाँडै थकाइ लाग्नु वा कमजोरी हुनु आदि

यसरी सर्दैन
लामखुट्टेले टोकेर
एउटै लुगाफाटो प्रयोग गर्दा
चुम्बन गर्दा
सँगै पौडी खेल्दा
बिरामीको स्याहार सुसार गर्दा
परिवारमा सँगै बस्दा
एउटै भाँडामा खाना खाँदा
हाछ्यूँ गर्दा, खोक्दा
एउटै चर्पी प्रयोग गर्दा

एचआईभी संक्रमितसँ हाँस्दा, बोल्दा, जुठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआईभी सर्छ भन्ने गफ केवल भ्रम हो । संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहन्छ । 

यौन स्वास्थ्य अनि प्रजनन् अधिकार एवं प्रजजन स्वास्थ्यका कुराहरु खुलेर गर्न आव्हान गर्दछ । रातो रिबन राखिएको विभिन्न ब्यानरहरु, चिह्नहरु अनि प्रवर्धनात्मक साम्रगीहरु बोकेर विभिन्न ¥याली, भेला, गोष्ठीहरु आयोजना गर्दै एचआईभी एड्सकाबारेमा जनचेतना फैलाईन्छ । तर, अझैपनि जनस्तरसम्ममा यो रोग लाग्यो भने लुकाउने चलन छ । अरु दीर्घ रोग लागेका मान्छे जस्तै सम्मानजनक जीवन बाँच्न पाएका छैनन् । 
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याकं अनुसार सन् २०१६ को अन्त्य सम्म संसारभर ३ करोड ६७ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ भने नेपालमा ३२ हजार  ७३५ जनामा एचआभी संक्रमण भएको अनुमान छ । ती मध्य पुरुषको संख्या २० हजार २३२ र महिलाको संख्या  १२ हजार ५०३ रहेको छ । नेपालका वयस्क (१५ वर्षदेखी ४९ वषको उमेर समूहमा ) जनसंख्यामा एचआइभीको व्याप्तता दर ०.१७ प्रतिशत शहेको छ ।

नेपालमा करिब ७० प्रतिशत एचआईभी संक्रमण  असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ । नेपालको वर्तमान एचआईभीको अवस्थालाई केन्द्रृत माहामारीको रुपमा परिभाषित गरिएको छ । यसको अर्थमा एक वा सो भन्दा बढी एचआईभी सर्नसक्ने जोखीममा रहेका समुहमा एचआईभी संक्रमण दर ५ प्रतिशत भन्दा बढी तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण १ प्रतिशत भन्दा कम हुनु हो । 
सन् २०१० देखी सन् २०१६ सम्ममा विश्वव्यापी ११ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ४७ प्रतिशतले बच्चाहरुमा हुने संक्रमण कम भएको छ । यसैगरी सन् २००५ देखी सन् २०१६ सम्ममा एड्सको कारणले मृत्यु ४८ प्रतिशतले घटेको छ । सन् २०१६ सम्ममा  कुल एचआईभी संक्रमित मध्य ५३ प्रतिशत मात्र एआरभी उपचारमा छन् । यसै गरी सन् २०१० को तुलनामा सन् २०१६ सम्ममा नेपालमा ५७ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ६८ प्रतिशतले बच्चाहरुमा हुने संक्रमणमा कमी आएको छ । यर्सगरी एड्सको कारणले मृत्यु हुने संख्या ३० प्रतिशतले घटेको छ । सन् २०१६मा नेपालको कुल एचआइभी सक्रमित मध्य ४० प्रतिशत मात्र एआरभी उपचारमा छन । 

सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्षका साथ एचआइभी तथा एड्स सम्बन्धी कार्यक्रमहरु भइरहेका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood