tealaya add

see r

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ ।

गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ ।

देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेको जानकारी दिँदै बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको बताए ।

यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको बताइएको छ ।

हेर्ने तरिकाहरु

माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नजिता प्राप्त गर्न का लागि टेलिफोन, एसएमएस र वेबसाइटको व्यवस्था भएको पनिकाले जनाएको छ ।


नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिनेछ भने नेपाल टेलिकमको १६००, एनसेलको १६००मा एसएमएसको व्यवस्था गरिएको छ ।


त्यसैगरी ३१००३, ३५५६६, ३३६२४, ३५००१ र ३४९४९ मा पनि एसएमएस गर्न सकिने पनिकाले जनाएको छ ।
वेबसाइटमार्फत पनि रिजल्ट हेर्न सकिनेछ । शिक्षा मन्त्रालय सिंहदरबारको वेबसाइट www.moe.gov.np, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको वेबसाइट www.soce.gov.np, शिक्षा विभागको वेबसाइट www.doe.gov.np, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको वेबसाइट www.neb.gov.np मा गएर पनि नतिजा हेर्न सकिनेछ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...