annapurna add

happy

मार्च २० तारिख, अर्थात् विश्व खुसी दिवस 'ह्याप्पिनेस फर अल, टुगेदर' अर्थात् सबैका लागि खुसी, सँगै भन्ने नाराका साथ याे दिवस मनाइँदै छ ।

सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो । खुसी आफैभित्र छ, खुसि खोज्न कतै जान पर्दैन, आफैले आफैलाई खुसि राख्न सक्नु मानब जातिको एउटा विशेषता नै हो । हरेक मानिस खुसीका साथ जीवन बिताउन चाहन्छ । आफ्नो जीवनलाई सुखी बनाउन नै मानिसहरु दिनरात तल्लीन हुन्छन् । धेरै मानिसहरुले विलासितालाई खुसीसँग दाँज्छन् ।

हामी भित्र रहेका सकरात्मक र नकारात्मक पक्षले हाम्रो खुसीलाई प्रभाव पार्ने गर्दछ । प्रेम, आदर, अनुग्रह, आनन्द जस्ता सकारात्मक भावनाले हाम्रो जीवन खुसी लयाउँछ भने नकरात्मक भावनाहरु जस्तै घृणा, रिस, इर्श्या, इख, गुनासो आदिले हामीलाई दुःख दिन्छ ।

मानिसलाईृ दुखी बनाउने प्रमुख कारणहरु महत्वाकांक्षा,अहम्,गुनासो,इख,रिस,जलन आदि रहेका छन्। यी कुरा हरु आफुमा भए भने तपाई कहिले खुसि रहन सक्नु हुन्न । जति यी कुरा आफुमा रहन्छन् त्यति हामीलाई डिप्रेशन, म मात्रै सही र अरु सबै गलत भन्ने भावना, आत्मबल कमजोर बनाउँछ । यसले उसलाई एक्लोपनतिर धकेल्छ, तसर्थ आफुमा बिकाश गर्नुनै खुसि हुनु हो ।

खुसी हुन के गर्ने ?

असफलतालाई आत्मसाथ गर्ने
दुखी भइन्छ भनेर जीवनमा महत्वाकांक्षा नराख्ने गर्नु हुँदैन । तर कुनै पनि लक्ष्य प्राप्तिको बाटोमा असफलता हुन पुगेमा निराश हुनु हुँदैन । जीवनमा सधैँ सफल भइदैँन भन्ने सत्यलाई आत्मसाथ गर्नुपर्छ । र असफलताको पाठ सिकेर त्यसलाई सामर्थ्यमा बदल्नु पर्छ ।

सहयोगी बन्ने
जीवनमा एकपटक कसैलाई निश्वार्थ रुपमा केही सहयोग गरेर हेर्नुहोस् त्यसले एक प्रकारको खुसी ल्याउँछ । सहयोग पाउने भन्दा सहयोग गर्ने मानिस बढि खुसी हुन्छ । अझ कोही अशक्त, असहायलाई बाटो कटाएपछि आफ्नो मनमा पैदा हुने सन्तोषका तरंग हेर्नुहोस् फाइदा आफैँलाई भएको हुन्छ । सहयोगले आत्मबल बढाउने र खुसी ल्याउँछ ।

माफ गर्ने
जसले कसैले माफ गर्न जानेको हुन्छ त्यसले नै माफि पाउँछ । गल्ती जीवनमा हरेक मानिसहरुबाट हुन्छ । कहिलेकाहिँ आफूले भुलवश वा आवेशमा आएर भएका गल्तीले दोस्रो व्यक्तिको मन दुखेको हुन्छ । आफूले अरु कसैको केही बिगारेको भए उससँग माफी माग्ने र आफूले आफैंलाई पनि गल्ती नदोहोर्‍याउने गरी माफी दिने गर्नुपर्छ । माफि दिने मानिसमा गल्तीको आत्मग्लानी कम हुन्छ । यसले अझ जिम्मेवार पनि बनाउँछ । यसले मनलाई हल्का बनाउँछ ।

सन्तुष्ट हुने
सन्तुष्टि नै खुसीको प्रमुख मुल हो । आफूले प्राप्त गरेका कुरामा धन्य हुँदा मनलाई आराम दिन महत्वपूर्ण तत्व हो । मैले यति त पाएँ भन्ने खालको महशुस गर्न सक्नुपर्छ । कसैले गरेको सानो सहयोगमा पनि कृतज्ञ हुनुपर्छ । केही प्राप्त गर्दा धन्यवाद भन्नुको अर्थ त्यही हो । हामी अहिले मुखले धन्यवाद त भन्छौँ होला मनैदेखि धन्य हुन भने छाडेका छौँ । धन्य भएमा खुसी भइन्छ भन्ने कुरा बुझ्न जरुरी छ ।

उदारता
मनलाई जति कडा बनाइयो, त्यति नै भाँचिने सम्भावना अधिक रहन्छ । त्यसैले हामीले मन स्वस्थ राख्न वा भाँचिन नदिन उदार हुन जरुरी हुन्छ । ‘म झुक्दै नझुक्ने नेपालीको छोरो’ मानसिक स्वास्थ्यका लागि हानिकारक छ बरु ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ सही हुन्छ । उदारता भएको व्यक्तिमा माथिका सबै गुण हुन्छन् । -एजेन्सीको सहयोगमा

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...