1478958692 banner ad format

 
 

जुम्ला- कर्णालीको जुम्लामा पहिलोपटक मुटु, मिर्गौला, क्यान्सर जस्ता नसर्ने रोगसम्बन्धी प्याकेज कार्यक्रम ‘पेन’ आजबाट लागू भएको छ। 

Jumla

यहाँका स्वास्थ्यकर्मी र सरोकारवालाहरुलाई नसर्ने रोगसम्बन्धी आवश्यक जानकारी गराउने उद्देश्यले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा टेकुको आयोजनामा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम आज यहाँ गरिएको छ। 

पुनर्जागरण महाशाखाका जनस्वास्थ्य अधिकृत सुदीप आलेले विश्वमा ८० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको जानकारी दिए।

‘सन् २०११ को तथ्यांकअनुसार नेपालमा ६० प्रतिशत मानिसको मृत्युका कारण नसर्ने रोग देखिएको छ । ३० प्रतिशतको सर्ने रोग, सुत्केरी अवस्था, मातृस्वास्थ्य र पोषणको अभावका कारण मृत्यु हुने गरेको छ भने १० प्रतिशतको मृत्युका कारण दुर्घटना भएको छ”, उनले भने। त्यसको रोकथामका लागि सरकारले मुलुकका ३० जिल्लामा यो कार्यक्रम लागू गरेको पनि उनले जानकारी दिए। 

डा राजु गुरुङले नसर्ने रोगका प्रमुख कारण धूम्रपान, मद्यपान, निष्क्रिय जीवन र अस्वस्थ खाना भएको उल्लेख गर्दै यिनको सेवनबाट मुटु तथा रक्तनली, दीर्घ श्वासप्रश्वास, मधुमेह र क्यान्सरजस्ता डरलाग्दा नसर्ने रोग लागेर मान्छेको अकालमा ज्यान जाने गरेको बताए। 

उनका अनुसार नेपालको कूल मृत्युदरमध्ये ६० प्रतिशतको नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood