झापा - झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् । वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शशीकला राईले बताए । मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

Lesimeniasis Blacksmith

आज जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । संयोजक राईका अनुसार कालाजार रोग नियन्त्रणका लागि नगरपालिकाले कीटनाशक विषादी छर्किने कार्यक्रम शुरु गरेको छ । नगरका कालाजार प्रभावित क्षेत्रमा औषधि छर्किने अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

संयोजक राईका अनुसार यो एउटा सरुवा रोग हो जसलाई ‘लिसमेनियासिस’ पनि भन्ने गरिन्छ । यो रोग सङ्क्रमित पोथी जातको एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने गर्दछ । यसअघि नै गत असारमा भद्रपुर नगरपालिका–१० मा तीन र कचनकवल गाउँपालिका–५ मा एक कालाजारका रोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका अधिकृत वेदप्रकाश घिमिरले बताए ।

उनले सङ्क्रमित व्यक्ति भेटिएको स्थानमा थप रोगलाई फैलिन नदिनका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर भुसुना मार्ने औषधि छर्कने काम भइरहेको बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर