tealaya add

interview

काठमाडौं । लोकसेवामा पास भएर सरकारी जागीर खाने धेरै नेपालीको सपना हुन्छ । तर विडम्बना लोकसेवामा नाम निकाल्न धेरै नेपालीका लागि फलामको चिउरा चपाउनु जस्तै भएको छ । कतिपय त लिखित परीक्षामा पास भएर पनि अन्तर्वार्तामा सफल हुन नसकेका थुप्रै घटनाहरु पाइन्छन् ।

लोकसेवामा योजनाबद्ध तरिकाले अध्ययन गर्ने र कडा मेहनत गर्ने हो भने नाम निकाल्न सकिन्छ । तर अधिकांश नेपालीहरु दिएर चाहिँ हेरौं जे होला भन्ने मानसिकता बोकेर लोकसेवाको परीक्षा लेख्छन्। जसको फलस्वरुप उनीहरु असफल हुन्छन् ।

लोकसेवाको लिखित परीक्षामा नाम निकाले पछि पनि कतिपय व्यक्तिहरु अन्तर्वार्ताबाट फालिएका छन् । यो दुखको कुरा हो। त्यति मेहनत गरेर लिखित पास गरेपछि पनि अन्तर्वार्तामा फालिनु भनेको नरमाइलो कुरा हो । त्यसकारण लोकसेवाको तयारी गरिराख्नुभएको छ भने अन्तर्वार्ताका लागि पनि तयारी गर्नुपर्ने हुन्छ ।

अन्तर्वार्ताका लागि केही टिप्स्
– अन्तर्वार्तामा पेस हुँदा मिलेको ड्रेस लगाई भलाद्मी र चम्किलो अनुहारसहित पेस हुने।
– इक्वायल आई कन्ट्याक्ट गर्ने।
– शिष्टतापूर्वक जवाफ दिने।
– विश्लेषणयुक्त पुष्टि र एकरूपतालाई ध्यान दिने।– अवस्था र परिस्थितिअनुसार जवाफ दिने।
– प्रश्नलाई आफूले जानेको क्षेत्रमा लैजान प्रयत्न गर्ने।
– जानकारी भए पनि व्याख्यात्मकभन्दा छोटो, पुग्ने र सकारात्मक दिशातर्फ मोड्ने।
– अन्तर्वार्ता फेस गर्दा हात नहल्लाउने, खुट्टा नहल्लाउने र प्रस्टसँग बोल्ने।
– मध्यम आवाज र सिर्जनात्मक उत्तर दिने।– नआत्तिने, शान्तपूर्वक स्पष्ट जवाफ दिन प्रयत्न गर्ने

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...