सरकारले ‘राष्ट्रिय शिक्षा नीति २०७६’ सार्वजनिक गरेको छ । गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको शिक्षा नीतिको पूर्णपाठ सरकारले एक महिनापछि सार्वजनिक गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कात्तिक २१ गते पत्रकार सम्मेलन नै गरेर शिक्षा नीतिका २१ बुँदा सार्वजनिक गरेका थिए  ।

मन्त्रिपरिषद्बाट पारित भइसकेको शिक्षा नीतिको भाषा सम्पादन गर्न बाँकी रहेको भन्दै  पूर्णपाठ सार्वजनिक गरिएको  थिएन ।  सार्वजनिक नभएको भन्ने चर्को आलोचना भएपछि मन्त्री पोखरेलले बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शिक्षा नीतिको पूर्णपाठ सार्वजनिक गरेका हुन् । नीतिको पूर्णपाठ सार्वजनिक भएपछि अब प्रदेश र पालिका सरकारलाई शिक्षा नीति बनाउन सहज हुनेछ । नीतिका केही बुँदा सार्वजनिक भए पनि कस्तो व्यवस्था छ भन्ने यकीन नहुँदा प्रदेश र पालिकाका जनप्रतिनिधि अलमलमा परेका थिए ।

पूर्णपाठका लागि  तलको फोटोमा क्लिक गर्नुहोस :

sixa niti kantipathथप समाचार :'राष्ट्रिय शिक्षा नीति मौलिकतारहित '- जराेकिलाे

सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ । उक्त नीति मन्त्रिपरिषद्ले यही कात्तिक १८ गते स्वीकृत गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक २१ गते सार्वजनिक गरेको उक्त नीतिको मूल स्वरुपमा मौलिकता नदेखिएको पार्टीका प्रवक्ता लीलाबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउने जुन लक्ष्य तोकिएको थियो, त्यो पूरा गर्ने कुनै ठोस योजना यस नीतिमा छैन”, उनले भने । उक्त नीतिमा देशका मौलिक रैथाने धर्म, संस्कार, संस्कृति, सभ्यतासम्बन्धी मूल्य तथा मान्यता, प्रविधि एवं सीपलाई प्राथमिकता नदिइएको उक्त पार्टीका केन्द्रीय संयोजक सुशील गौतमले  बताए । “नेपालका संस्कृत, नेपाली भाष एवं मातृ भाषाका पक्षमा कुनै योजना नहुनु, गुरुकुल एवं गुम्बालगायत शिक्षाको विकासमा सरकारको दृष्टि नपुग्नु र शिक्षण संस्थामा समुदायको स्वामित्व एवं व्यवस्थापन सुनिश्चित गर्ने सोच नदेखिनु आपत्तिका कुरा हुन् ”, उनले भने ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर