tealaya add

काठमाडौँको उत्तरी भेग टोखा नगरपालिकाका ३०० महिलाले पाठेघरको निःशुल्क स्वास्थ्य जाँच गरेका छ  । नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल प्रहरी अस्पतालको आयोजना तथा टोखा नगरपालिकाको सहकार्यमा आज टोखा नगरपालिकाका ३०० महिलाले निःशुल्क स्वास्थ्य जाँच गरे ।

Nepal Police Hospital

महिलामा हुनसक्ने क्यान्सरसम्बन्धी जनचेतनामूलक तथा निःशुल्क स्वास्थ्य जाँच कार्यक्रममा झोर, शिवपुरी, चन्डेश्वरी, टोखा, ग्रीनल्याण्ड क्षेत्रका ३०० महिलाले निःशुल्क स्वास्थ्य जाँच गरेको महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रमुख फणिन्द्र प्रसाईंले जानकारी दिए ।

विश्वमा पाँच लाख २८ हजार महिलामा पाठेघरको क्यान्सर देखिएकामा ८० प्रतिशत अविकसित मुलुकका महिला रहेकाले नेपाल प्रहरी श्रीमती सङ्घले स्थानीय निकायसँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको हो । यसअघि नेपाल प्रहरी श्रीमती सङ्घले मुलुकका विभिन्न भागमा निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिसकेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...