annapurna add

control pill

एजेन्सी। तपाईँ दैनिक रुपमा गर्भनिरोधक चक्की खाएर दिक्क हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । वैज्ञानिकहरूले एक महिनामा एक पटक एक चक्की खाँदा महिनाभरी ढुक्क हुन सक्ने औषधि पत्ता लगाएका छन् ।

यौ औषधि हाल सुँगुरमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण गर्न बाँकी छ । सुँगुरमा भने सो औषधिले सफल परीक्षण भएको छ । म्यासाच्युसेट इन्ष्टिच्युट अफ टेक्नोलोजीले हालै रिलिज गरेको सो क्याप्सुल तारा आकारको छ । जिलेटिनले बाहिरी भाग ढाकिएको सो क्याप्सुल पेटमा केही हप्तासम्म रहन सक्ने र त्यसले गर्भ निरोधक हार्मोनहरूलाई विस्तारै निश्काशन गर्ने बताइएको छ ।

यसबाट एक पटक लिएको चक्कीले एक महिना सम्म काम गर्ने छ । बाहिर क्यप्सुल अकारमा देखिए पनि पेट भित्र पुगेपछि सो क्याप्सुल तारा आकारमा परिणत हुन्छ र त्यसबाट क्रमैसँग औषधि शरीरमा निश्कासन हुन्छ ।

जाडोमा कपालको सौन्दर्य कायम गर्ने तरिका

जाडो मौसममा छालालाई सुख्खा र फुस्रो मात्र बनाउँदैन । तर, यसले कपालमा पनि प्रभाव पार्दछ । कपाल टुक्रिएर र कमजोर भई झर्न थाल्छ । त्यसका लागि कपालको स्वास्थ्यको ख्याल कसरी राख्ने ठूलो प्रश्न हो ।

घरेलु उपचार

मेथीको प्रयोग

कपाललाई लामो र नरम बनाउन मेथी प्रयोग गर्नुहोस् । यसका लागी ४ चम्चा मेथी रातभरी भिजाउनुहोस् । यसमा ४ चम्चा घ्युकुमारी को जेल ,केही पात, २ ÷३ खालका फलफूल, १ चम्चा मह र १ चम्चा जैतुनको तेल राख्नुहोस् । यसरी चिल्लो पेस्ट बनाउनुहोस । अब यसलाई स्क्याल्प र कपालको टुप्पोमा राम्रोसंग लगाउनुहोस । यसलाई १५–२० मिनेट सम्म राख्नुहोस र त्यसपछि यसलाई स्याम्पु प्रयोग गर्नुपर्दछ । हप्तामा एक पटक यो प्याक लगाएर कपाल नरम बनाउन सकिन्छ ।

प्याजको प्रयोग

सुख्खा र फुस्रो कपालमा चमक थप्नका लागि प्याजको रस, मेथीको पाउडर र मह एउटा भाडामा जम्मा गरेर रातभर राख्नुहोस् । यसलाई राम्रोसँग कपालमा लगाउनुहोस् र यसरी लगाएर एक घण्टा राखीसकेपछि राम्रो स्याम्पुले कपाल धुनुहोस् । यसले चमक आउनुको साथै यो प्याकले कपाल पनि कडा बनाउँछ ।

जैतुनको प्रयोग

कपाल र छालाको को लागी जैतुनको तेल र दहि धेरै प्रभावकारी हुन्छ । यी दुईको प्याक बनाएर लगाउँदा निकै फाइदा हुन्छ । एउटा कचौरामा दही र केही जैतुनको तेल राख्नुहोस् र तालुमा माक्सको रुपमा प्रयोग गर्नुहोस् । यसलाई करिव ४५ मिनेट सम्म राख्नुहोस् । त्यसपछि यसलाई स्याम्पु गर्नुहोस् । तपाईँ यो मास्क दैनिक प्रयोग गर्न सक्नुहुनेछ र एक हप्ता भित्र यसको प्रभाव देख्नुहुनेछ ।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर