annapurna add

pokhara swasthya प्रश्नपत्र बाहिरिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर (पिजी) तहको एमडी र एमएसको परीक्षा रद्द भएको छ।

शनिबार २ बजे हुने भनिएको प्रवेश परीक्षामा अगाडि नै प्रश्नपत्र बाहिएको भन्दै ५ सय विद्यार्थीले परीक्षा बहिष्कार गरेपछि तनाव उत्पन्न भएको थियो।

नेपाल चिकित्सक संघको जुनियर डाक्टर्स कमिटीले स्नातकोत्तर (पिजी) तहको एमडी र एमएसको प्रवेश परीक्षाको वैधानिकतामाथि प्रश्न गर्दै परीक्षा रद्द गर्नुपर्ने मागसहित आइतबार जिल्ला प्रशासन कार्यालय र प्रतिष्ठानमा ध्यानकर्षणपत्र बुझाएको थियो।

प्रतिष्ठानका उपकुलपतिसहित बसेको बैठकले आइतबार सूचना जारी गर्दै परीक्षा रद्द भएको जनाएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर ९पिजी० तहको एमडी र एमएसको प्रवेश परीक्षा डाक्टरहरुले बहिष्कार गरेका थिए।

डाक्टरहरुले परीक्षाका लागि निर्धारित समयभन्दा डेढ घन्टा ढिला प्रश्नपत्र वितरण गरिएको र सो क्रममा प्रश्नपत्र समेत बाहिरिएको भन्दै परीक्षा बहिष्कार गरेका थिए।

यता राष्ट्रिय चिकित्सा शिक्षा आयोगले आगामी चैत महिनादेखि स्नातकोत्तर (पिजी) तहको साझा प्रवेश परीक्षा गर्ने तयारी गरेको छ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले आयोगले आगामी शैक्षिक सत्र २०७६/७७ को लागि साझा प्रवेश परीक्षा लिइने जानकारी दिए।

उनले भने, ‘आयोगले चैतदेखि साझ परीक्षा लिन्छ। पोखराले लिएको यो गत वर्षकै परीक्षा हो।’स्वास्थ्य खबर

ques

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर