tealaya add

kp oli

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । उनलाई झाडा पखाला लागेको र प्राथामिक उपचारसहित सरकारी निवास बालुवाटारमा आराम गरिरहेको जानककरी पाएकाे छ ।

प्रधानमन्त्री अस्वस्थ्य भएका कारण सार्वजनिक कार्यक्रम, राजनीतिक भेटघाट र सिंहदरबार स्थित कार्यालयका सबै दैनिक काम स्थगन गरी आराम गरिरहेको बालुवाटार स्रोतले जनायो ।

पूरा पढ्नुहोस् - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएका केही अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गर्दै आएका छन् ।

उनले अपत्यारिला अभिव्यक्ति दिएकै कारण आलोचना भएको हो । गत शनिबार मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाका बेला भनेको थिएँ– अब काठमाडौंमा नाक समाएर हिँड्नुपर्दैन । माक्स लगाएर हिँड्नुपर्दैन ।

म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे । अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’ प्रधानमन्त्रीले यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले तालीसमेत बजाए ।

प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुवाँ र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्नपर्ने अवस्था छैन् । तर, यथार्थ भने ठीक उल्टो छ । प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ । सडकमा हिँड्नेले पनि प्रधानमन्त्रीले यथार्थभन्दा बाहिर गएर बोलेको भन्दै आलोचना गरेका छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...