tealaya add

logsewa

काठमाडौ। लोकसेवा आयोगको प्रश्नपत्र च्यातन खोज्ने ४ जना पक्राउ परेका छन्। स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यात्ने प्रयास गरेका हुन्।

प्रश्नपत्र च्यात्न खोज्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सुचारू गरेको छ। शनिबार बिहान खोटाङको सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पमा रहेको परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा ‘आरक्षण बचाऊ आन्दोलन’का कार्यकर्ताहरु प्रवेश गरेर केही थान प्रश्नपत्रहरु च्यात्न खोजेका थिए ।

प्रश्नपत्र च्यात्ने प्रयास गरेको आरोपमा आफ्ना ४ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताए। पक्राऊ पर्नेहरुमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु र सहचिव एलबी मगर समेत छन्। त्यसैगरी दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई पनि प्रहरीले पक्राउ गरेको अध्यक्ष राईले बताए।


तर, लोक सेवा आयोग स्रोतले भने प्रश्नपत्र नच्यातिएको स्पष्टीकरण दिएको छ। प्रश्नपत्र च्यात्न प्रवेश गरेकाहरू पहिले नै समातिएको बताएको छ। खोटाङका प्रहरी प्रमूख प्रहरी नायव उपरीक्षक वामदेव गौतमले प्रवेश परीक्षा बिना जवरजस्ती हलमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए।


लोकसेवा आयोगले शनिबार बिहान ८ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सुरू गरेको छ। अन्य प्रदेशका केन्द्रहरूमा पनि निर्वाध रूपमा परीक्षा भएको छ

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...