tealaya add

Rasifal kantipath

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउँन सकिने हुनाले समयमा कामहरु बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न रमाईला स्थलहरुको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । शुक्रबार दिउसोबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमि ल्याउनेछ । भौतिक सम्पति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा हुनेछन् । शुक्रबार दिउसोबाट समय मध्ययम रहेकोले व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा साझेदारि व्यावसायमा लगानि गर्नेहरुले ध्यान दिनुहोला साझेदारहरु बिच मनमुटाब सिर्जना हुनेछ । व्यावासायिक यात्रा हुने भएपनि बाटोमा दुख पाईने तथा अनाबस्यक ठाउमा खर्च हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) । साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । बिवादित बिषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ । अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउँन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई,आमाबुवा तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले अनावश्यक खर्च नियन्त्रणमा क्षमता बढाउनु पर्नेछ । आमाबाबु र दाजुभाई, दिदीबहिनीबाट सौहार्दपूर्ण व्यवहार नपाईन सक्छ । पतिपत्नीबीचको असमझदारीले दाम्पत्य जीवन स्नेहपूर्ण ढंगले व्यतित हुने छैन ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) । छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानि बढाउँन गरिने कामहरु समयमा नै सम्पन्न गरि आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । बिवादित बिषयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न रहनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग साना साना कुरामा राय बाजिनेछ भने साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारेबार गर्दा वा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

सिँह । (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) । साताको सुरु र अन्तको समय मध्ययम रहेकोले सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ। सोमबारबाट शुक्रबार बिहानसम्मको समय राम्रो रहेकोले व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेकोछ । तपाईको लुवाईखुवाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) । साताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तह टाडिनेछन् । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । सोमबारबाट समयम राम्रो रहेकोले पढाई लेखाईमा राम्रो प्रगति गरि सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । व्यावसायबाट मनग्गे फाईदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारि साधन प्राप्तिको योग रहेको छ । कलाकारित तथा संगित पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रसस्त रुपैया पैसा कमाउँने ग्रहयोग रहेकोछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) । साताको सुरु र अन्तको समय राम्रो रहेकोले क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । तरपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । राजनीतिमा लाग्नेहरुका लागि समयले पद तथा प्रतिष्ठा दिलाउनेछ । बुधबार बिहानबाट शुक्रबार बिहानसम्मको मसय मध्ययम रहेकोले भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान्। आफन्त तथा अग्रज सँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि लामो दुरिको यात्राको तया गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) । धर्म सस्कृति तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार फस्टाएर जानेछ भने समाजसेवा तथा कल्याणकारि काम गर्न सकिने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । रोजगारिको शिलशिलामा नया गन्तब्य पहिल्याउन सकिनेछ । नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबित मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिनेछ । शुक्रबार दिउसोबाट समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमि आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यावहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोय नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) । पहिलो लिन अर्थात आईतबारको समय मध्ययम रहेकोले काममा ढिला शुस्ति,बैरभाव तथा आफन्तसँग बिवाद हुने योग रहेकोछ । सोमबारबाट समय राम्रो रहेकोले व्यावसायकै सन्द्रर्भमा लामो दुरिको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकिय व्यावसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागि भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछ । समाजसेवा तथा राजनितिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउँनेछन् ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) । साताको सुरु र अन्तको समय राम्रो रहेकोले आकस्मिक धन सम्पति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँन तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एका अर्कालाई बिश्वास गर्दै छुटिदा मन प्रशन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अबिश्वास बढ्न सक्छ । आफन्त तथा दिदि बहिनि सँग बिवाद सिर्जना हुनेछ । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) । व्यावसायिक यात्रा हुने गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाईने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसि रहनेछ । पाहुँना लागेर कतै जादा आथित्यको सत्कार तथा सम्मान पाईनेछ । बिभिन्न सहयोग तथा उपाहार प्राप्तीको ग्रहयोग रहेको छ । आर्थिक रुपमा सुदृड हुँन सकिने हुनाले दैनिकी सहज रुपमा अगाडिक बढ्नेछ । बुधबार दिउसोबाट शुक्रबार बिहानसम्मको समय मध्ययम रहेकोले खानपान तथा बाताबरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने ग्रहयोग रहेकोछ । सरकारि काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुँनसक्छ । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुख पाईनेछ ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...