tealaya add

mixrice kantipath

काठमाडौं । ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ ।

आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।


वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ । साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खिर खाने गरिन्छ ।

खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खिर खाने गरेको पाइन्छ ।

नेपालमा मात्रै होइन भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ । साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।

हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् ।

गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ ।

खीर पकाउन आवश्यक साम्रागीका रूपमा आवश्यक समाग्रीहरू-

भिजाएको चामल, मन तातो दुध, घ्यू, चिनी, दुध, दालचिनी, सुकुमेल, ल्वाङ तथा ड्राई फुडको रूपमा नरिवल, बदाम, किसमिस, काजु प्रयोग गर्न सकिन्छ।

चामल भने बासमती, मोट्टो आफूसँग जुन छ त्यसैलाई प्रयोग गर्न सकिन्छ तर दुई घण्टासम्म चिसो वा मनतातो पानीमा भिजाइएको भने हुनुपर्छ।

चामलको मात्रा हेरी घ्यु भने एकदेखि दुई चम्चा तथा केही टुक्रा ‘ड्राई फुड’ प्रयोग गर्न सकिन्छ।

खीरलाई कराई वा प्यानमा पकाउन सकिन्छ। यसका लागि आगोमा भाँडो बसाई सकेपछि केहीबेर त्यसलाई तताउने र त्यसमा एक चम्चा घ्यू हाल्ने गर्नुपर्छ। याद राख्नुहोस आगो (हिट) मध्यम हुनुपर्छ।

घ्यू पग्लिसकेपछि त्यसमा भिजाइएको चामल हालेर ३ मिनेटसम्म भुट्नुपर्छ। चामल केहि बेर भुटिसकेपछि भने त्यसमा मनतातो दुध हाल्नुपर्छ।

उदाहरणका लागि एक कप भिजाएको चामलको लागि ५ कप दुध आवश्यक पर्छ। आफूलाई कति खीर पकाउन खोजिएको हो त्यसै अनुरुप चामल र दुधको मात्रा बढाउन सकिन्छ।

केहि बेर भुटेको चामलमा दुध हालिसकेपछि त्यसलाई डढ्न नदिन १५ मिनेट सम्म निरन्तर चलाई रहनुपर्छ। यसो गर्दा खीर पाक्दै जानुका साथै बाक्लो पनि हुँदै जान्छ।

जब खीरमा बाक्लो हुँदै जान्छ र सुक्नलाई थोरै दुध मात्र बाँकी रहन्छ तब त्यसमा अघि तयार पारिएर राखिएको ड्राई फुड र चिनी हालेर ३ देखि ५ मिनेटसम्म चलाउनुपर्छ। ड्राई फुडलाई टुक्रा बनाएर वा कोरेर धुलो बनाएर समेत हाल्न सकिन्छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...