tealaya add

samata school kantipath 

महेश सिंह महतो, सिरहा - देश बिदेशमा छरिएर रहेका अतिबित्पन गरिब गुर्वा निमुखा ,असाहाय ,तथा मद्यम बर्गीय विद्यार्थीहरुका लागि समता स्कुलले न्यून शुल्कमा विद्यार्थीहरुलाई अध्यापन गराउन सफल सस्थाको रूपमा अडिग रहेको छ।

सिरहा जिल्लामा धेरै बोर्डिङ स्कुलहरु संन्चालनमा रहेको जिल्ला शिक्षा अधिकारी मण्डलले बताए । समाजिक स्कुल भनेर चिनीने समता स्कुलले विद्यार्थीहरुलाई सहुलियत दरमा अध्यापन गराई रहेको लहान ३ का गौरीशंकर महतो जनाएका हुन ।

samta school hm kantipath

 सिरहा र सप्तरी जिल्लाको अधिकान्श सरकारी र बोर्डिङ पढ्ने विद्यार्थीहरू सबै समता स्कुल तिर पढ्न लाई आकर्षण बढेको हो । नेपाल लगायत बिदेश तिर पनि समता स्कुल राम्रो र चर्चितमा रहेका छन् । उक्त स्कुल २०७१ सालमा सिरहाको लहान स्थित १८ काठठा जग्गा १५ बर्षको लागि भाडा लिई स्थापना भइ संचालनमा आएकाे हो ।

यो स्कुलको संस्थापक उतम कुमार संजेलको एक्लो लगानी र सहयोगले देश र बिदेशमा संचालनमा रहेको छ । संस्थापक संजेलका अनुसार देश बिदेशमा बस्नेहरु सेवाको भावनाले आफ्नो इच्छा अनुसार सहयोग प्रदान गर्ने गरेको हो ।

नेपालमा ७६ वाटा जिल्लाहरुमा स्थापना भइ संचालनमा रहेको हो । यो स्कुलमा सबै सेवा प्रदायक शिक्षकहरु मात्र रहेका छन् । यहाँ आउने शिक्षकहरु पनि सेवाको भावनाले आउने गरेका छन । उक्त स्कुलमा हाल ४६५ विद्यार्थी र ३२ जना शिक्षक, शिक्षिकाहरु रहेको स्कुलका प्रिन्सिपल कमल सिंतानले बताए ।

samata school hm2 kantipath

 उनले याे स्कुल प्याबसन र एन प्याबसनको मातहतमा न रहेको बताए । यो स्कुल हाल मेनमार, श्रीलंका बग्लादेश ईन्डिया र नेपालको बिरगंज स्थित जेलभित्रै रहेको बताए । शिक्षालाई उकास्दै् गरिबलाई जोगाउदै यो स्कुलको एउटा उदेश्य रहेको हो ।

यस स्कुलमा एडमिशन चार्ज - १५०, मासिक शुल्क- १०० रुपैयाँ , कम्प्युटर ल्याब - १०० रुपैयाँ, जम्मा महिनामा २०० सय र बर्षमा ५००० पाँच हजार लिने गरेको बताए । अहिले लहानमा कक्षा 8 सम्म संनचालनमा रहेको बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...