tealaya add

 

s Hospital kantipathnews

महेश सिंह महतो / सिरहाको लहानमा रहेको सप्तऋषि अस्पतालले नयाँ आर्थिक वर्षसँगै सेवा विस्तार गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सुभाष साहले पत्रकार समेलन गरे र जानकारी दिएका छन । अस्पतालको सेवाबाट बिरामीहरु अझ मनमोहित र प्रफुलित भएका हुन ।

बिगतको बर्ष भन्दा अझ सुलभ र सेवा प्रदायक तथा सुविधायुक्त बनाउने उदेश्यले सबै किसिमको विरामीहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने उदेश्यका साथ आफ्नो सेवा विस्तार गर्न लागेको डा। साहले बताउनु भयो। हस्पिटलले निरन्तर सेवा दिदै आईरहेको ।

सेवाहरु अन्तर्गत इमर्जेन्सी, प्रसुती ,ओप्रेशन,फार्मेसी,ल्याबोरेटरी,विडियो एक्सरे,फिजियोथेरापी , डिजिटल एक्सरे ,आउट पेटेन्ट एण्ड इन पेटेन्ट , क्याविन सेवा सुविधा संगै यस आर्थिक वर्ष २०७६ र०७७ देखि एनआइसीयु,हाइ केयर युनिट,सिटि स्क्यान,पेयिंग वार्ड, एच ए , सिएम ए र नर्सिङ्गको ट्रेनिंग ,इन्टर शिप जव, सीएमइ संगै वर्कशोप लगायतका सेवा सुविधाहरु सुचारु गरेको जनाएका छन।

सप्तऋषि अस्पतालका संचालक डाक्टर पशुपति चौधरीले पत्रकार समेलनमा यो कुराहरु छल गरेको हो । अस्पतालले आउने दिनहरुमा विरामीहरुलाई मध्यनजर गर्दै सेवामुखी सेवा प्रदान गर्ने उदेश्यका साथ ,प्रत्येक बुधबार ओपिडी सेवामा ५० ५ छुट,र प्रत्येक शनिवार १४ वर्ष सम्मका विद्यार्थीहरु लाई ओपिडी सेवामा ५०५ छुट,दिने गरेको निर्णय गरेका हुन । अस्पतालले प्रत्येक महिनाको अन्तिम बुधबार निस्शुल्क स्वास्थ्य शिविर र प्रत्येक शुक्रबार मधुमेह र थाईराइड ,चेकजाँचमा ५०५ छुट, गरिने र प्रत्येक मंगलबार फिजियोथेरापी सेवामा ५०५ छुट संगै प्रत्येक आईतबार सिटिस्क्यानको मात्र हुने संचालक र निर्देशक डाक्टर चौधरीले बताए।


आमा सुरक्षा कार्यक्रम शुरु भएको ९ वर्ष पुरा भएता पनि विगत २ आर्थिक वर्ष देखि बजेट निकासा नहुँदा आमा सुरक्षा कार्यक्रम उधारोमा चलाउन बाध्यता रहेको निर्देशक डाक्टर चौधरीले दुखेसो पोखनु भयो । अस्पतालमा सुत्केरी हुन आउने प्रसूति महिलालाई दिने रकम निकासा नहुँदा विगत २ आर्थिक वर्ष देखि फोन नम्बर लेखेर डिस्चार्ज गर्ने गरेको हो ।

प्रसूति महिलाका लागि प्रदेश सरकारले उपलब्ध गराउने रकम निकासा नहुँदा उधारोमै प्रसूति सेवा दिन बाध्यता रहेको हो । ०७४९७५ को वैशाख देखि असार सम्म ०७५र७६ को चैत सम्म प्रसूति सेवा उपलब्ध गराएबापत अस्पतालले पाउने प्रोत्साहनबापतको रकम ,चारपटक स्वास्थ्य जाँच गराएको र यातायात भत्ताबापतको रकम चालू आर्थिक वर्षको चैत मसान्तसम्मको रुपैया सहित करिब १ करोड ७५ लाख रुपैयाँ बाँकी रहेको अस्पतालका प्रवन्धक रंजन चौधरीले जानकारी दिएका हुन ।

पछिल्लो दुई आर्थिक वर्षको बक्यौता रकम निकासा गर्न लहान नगरपालिकाको स्वास्थ्य सेवा विभाग, प्रदेश २ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य महाशाखामा पटक–पटक पत्राचार गरि ‘वास्ता नगरेको आमा सुरक्षा कार्यक्रम बन्द हुने सम्भावना सिर्जना भएको हो ।

महिनामा करिब ३ सय महिलाको प्रसुती र ,जसमा २५ देखि ३५ जना महिला शल्यक्रियाबाट सुत्केरीको सेवा लिईरहेको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले प्रसुती र बच्चाका लागि झोला , बच्चा र आमाको कपडा संगै गाडी भाडा खर्च उपलब्ध गराउदै आएको अस्पताल स्रोतले जनाए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर