annapurna add

NGJAA4VHXJPH7C26YQQA53US6M

सरकारले भदौ १५ गतेसम्म हवाइ र लामो दूरीको यातायात बन्द गर्ने निर्णय गरेको छ। सोमबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेपछि मात्र आन्तरिक तथा बाह्या हवाइ सेवा खोल्ने र लामो दूरीको यातायात चलाउन दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले भारतबाट प्रवेश गर्ने नाका २० बाट घटाएर १० झार्ने निर्णय पनि लिएको छ।

यसअघि सरकारले भदौ १ गतेदेखि एक जिल्लाबाट अर्को जिल्लामा जाने लामो दूरीका यातायात खुला गर्ने निर्णय गरेको थियो। हाल जोर विजोर प्रणालीअनुसार सार्वजनिक र नीति सवारी साधन चल्दै आएका छन्। शैक्षिक संस्थाहरु अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने भएका छन्।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर