tealaya add

parkhal

म्याग्दीको एक विद्यालयको भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीको भागाभाग भएको छ । मालिका गाउँपालिका–४ ओखरबोटको ओखरबोट माध्यमिक विद्यालयको भवन मंगलबार दिउँसो कक्षा चलिरहेको समयमा भत्किएको हो ।

दिउँसो अचानक कक्षा ६ को कोठाको गाह्रो (पर्खाल) भत्किएपछि पढ्दै गरेका विद्यार्थीको भागाभाग भए पनि कसैलाई केही नभएको विद्यालयका प्रधानाध्यापकले बताए ।विद्यालय भवनको तल्लोपट्टि पहिरो गएका कारण भवन भास्सिएको र जुनसुकै बेला पूरै भवन भत्कन सक्ने अवस्थामा रहेको बताइएको छ ।

कक्षा कोठाको पर्खाल भत्किएपछि कक्षा ६ का विद्यार्थीलाई कक्षा १ को कोठामा र कक्षा १ का विद्यार्थीलाई बाल कक्षामा राखेर पढाइ भईरहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...