annapurna add

नयाँ दिल्ली : भारतमा असोज २९ गतेदेखि विद्यालय र कलेज खुल्ने भएका छन् । भारतमा कोरोना महामारीका कारण बन्द भएका विद्यालय र कलेज यही असोज २९ गतेदेखि खुल्ने भएका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार लकडाउनको अन्त्य गर्दै भारतले स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको हो । तर, शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्ने बताइएको छ ।

१० वर्ष मुनिका बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको भारतीय सञ्चार माध्यमले जनाएको छ । केन्द्रले अनलाइन कक्षा र दुरी सिकाई (डिस्ट्यान्स लर्निङ) लाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको जनाएको छ ।

यता भारत सरकारले असोज २९ गतेदेखि सिनेमा हल, मल्टीप्लेक्स, प्रदर्शनी कक्ष र मनोरञ्जन स्थल खोल्ने अनुमति दिएको छ । 

यस्तै केही सर्तसहित एक सय जनाभन्दा धेरैलाई जमघटको लागि अनुमति दिने सरकारको तयारी छ । तर पनि कोरोना संक्रमितको संख्या बढिरहेको क्षेत्रमा भने कात्तिक १५ गतेसम्म कडा लकडाउन लागु हुनेछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...