1478958692 banner ad format

 
 

एजेन्सी - जापानका जेनेटिक वैज्ञानिकहरूले क्यान्सरलगायत कडा रोगको उपचार गर्ने औषधियुक्त अण्डा पार्ने कुखुरा तयार पारेका छन्। 

egg

उनीहरूले जेनेटिक इन्जिनियरिङ गरी कोरलेको कुखुराको अण्डामा क्यान्सरलगायत विभिन्न कडा रोगको उपचार गर्ने औषधि पनि पाइने सोमबार सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूले कडा रोगको उपचार खर्च न्यून पार्न कुखुराको जेनेटिक इन्जिनियरिङ गरिएको बताएका छन् ।

कान्साई क्षेत्रस्थित नेसनल इन्स्टिच्युट अफ एडभान्स्ड इन्डस्ट्रियल साइन्स एन्ड टेक्नोलजी (एआइएसटी) का वैज्ञानिकहरूले इन्टरफेरोन बिटा प्रोटिनलाई कोषमा परिणत गर्ने गरी कुखुराको वंशाणु परिवर्तन गरेका हुन् । यी वंशाणु नै चल्लामा पनि हुने योमुरी सिम्बुनले उल्लेख गरेको छ ।

वैज्ञानिकहरूले हेपाटाइटिस र मल्टिपल सिरोसिससहित विभिन्न रोगको उपचारमा प्रयोग गरिने एउटा प्रोटिन इन्टरफेरोन बिटा जेनेटिक इन्जिनियरिङबाट कोरलेको कुखुराले पार्ने अण्डामा उपलब्ध गराउन सफल भएको बताएका छन् । जापानमा केही मिलिग्राम इन्टरफेरोन बिटाको मोल ८ सय ८८ अमेरिकी डलर (१ लाख जापानी येन) पर्छ । 
जापानी दैनिक योमुरी सिम्बुनको अंग्रेजी संस्करणका अनुसार कुखुराले औषधियुक्त अण्डा पार्न थालेपछि थोरै मोलमा औषधि उपभोग गर्न पाइनेछ ।

वैज्ञानिकले कोषमा परिवर्तित प्रोटिनले कुखुराको अण्डा निषेचन गरेपछि कोरलिएका कुखुराका पोथीले रोग प्रतिरोधी औषधियुक्त अण्डा पार्न थालेका हुन् ।
अहिले उनीहरूसँग औषधियुक्त अण्डा पार्ने ३ वटा पोथी छन् । ती पोथीले दैनिक अण्डा पारिरहेको योमुरी सिम्बुनले उल्लेख गरेको छ ।

एआइएसटीका वैज्ञानिकहरूले यस्ता कुखुरा÷अण्डा औषधि उत्पादक कम्पनीहरूलाई बेच्ने योजना बनाएका छन् । अखबारका अनुसार यसबाट औषधि कम्पनीहरूले ती कुखुरा÷अण्डाको अध्ययन÷अनुसन्धान गर्न सक्ने छन् ।


जापानमा विदेशी वा नयाँ औषधि उत्पादन र प्रवद्र्धनसम्बन्धी कानुन कडा भएकाले यस्ता कुखुराका अण्डा उपभोक्ताले उपभोग गर्न केही वर्ष प्रतीक्षा गर्नुपर्नेछ । सामान्यतया त्यहाँ औषधि बजारीकरण हुनुअघिका कानुनी प्रक्रिया पूरा गर्न वर्षौं लाग्छ ।

तर जापानी वैज्ञानिकहरू जेनेटिक इन्जिनियरिङको यो विकासले कम्तीमा पनि औषधिको अहिलेको मूल्य १० प्रतिशत घट्ने अपेक्षा गरेको अखबारले जनाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood