tealaya add

काठमान्डौै  - राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ ।गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।

कसरी हेर्ने नतिजा ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर www.neb.gov.np, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर www.see.gov.np, नेपाल टेलिकम www.see.ntc.net.np, एनसेल www.ncell.axiata.com, एजाइल एडुकेशन, www.merostudy.com, ईडीयू सञ्जालwww.see.edusanjal.com मा गएर नतिजा हेर्न सकिन्छ ।

यस्तै, एसएमएसबाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ । यसैगरी results लेखेर स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३५००१ मा पठाउन सकिन्छ ।

sushana kantipath

 

नतिजा कसरी हेर्ने ?

नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।

नेपालमा नतिजा हेर्नको लागि मोबाईल एसएमएस बाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ ।उदाहरणको लागि मानौ तपाइँले हेर्न चाहेको नतिजाको सिम्बोल नम्बर १२३४५६७८ हो भने आफ्नो म्यासेज बक्समा गई SEE 12345678 लेखेर ३१००३ मा पठाउने !

एसएमएस सेवा नेपाल बाहिर बस्नेहरुको लागि भने उपलब्ध छैन ।

नेपाल बाहिर बस्नेहरुले वेबसाईटको माध्यमबाट नतिजा हेर्नु पर्ने हुन्छ ।

यसको लागि ईन्टरनेटमा गइ नेपाल टेलिकमको वेबसाईट www.see.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ ।

SEE result from IVR and SMS

S.N. Company Type Short Code
1 Nepal Telecom IVR 1600
2 Nepal Telecom SMS 1600
3 Aakash Tech Pvt Ltd SMS 31001
4 Focusone Nepal SMS 35566
5 Ncell SMS 1600
6 One Up Communication SMS 33624
7 Janaki Technology SMS 35001
8 Easy Service SMS 34949

SEE Result online from Website

S.N. Company Type
1 Ministry of Education www.moe.gov.np
2 Deparment of Education www.doe.gov.np
3 Examination Controller Office www.soce.gov.np
4 National Examination Board www.neb.gov.np
5 Nepal Telecom see.ntc.net.np
6 Ncell ncell.axiata.com
7 Kantipur Digital Corps ekantipur.com
8 Discovery News Network ratopati.com
9 Discovery News Network ratopati.com
10 Yak Publication khullapati.com

एसईई पास भएर कुन ग्रेड आएको ले, कुन बिषय पढ्न पाउने ?

एसईईमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान समूहका विषय पढ्न पाउने भएका छन् ।

 

एसईई परीक्षाको नतिजा आउने अघिल्लो दिन बुधबार उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले कक्षा ११ मा कुन विषय पढ्न कति जीपीए चाहिने भन्ने तय गरेको हो । जीपीए भनेको अक्षरमा गरिएको विद्यार्थीको मूल्यांकन स्तरीकरणको आनुसांख्यिक मान हो ।

विज्ञान समूह अध्ययन गर्न २ जीपीए हुनुपर्छ भने व्यवस्थापन, शिक्षा, मानविकी संकाय अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने छ । ३० देखि ४० प्रतिशत अंक ल्याउनेको समग्रमा १.६ जीपीए हुन्छ । ‘कुन विषय पढ्न कति ग्रेड ल्याउनुपर्ने भन्ने निक्र्योल गरेका छौं,’ उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले भने, ‘अनिवार्य विषयमा कम्तीमा डी प्लस ल्याउनैपर्ने हुन्छ ।’

११ मा पढ्न एसएलसीमा आठ विषयमध्ये अनिवार्य अंग्रेजी, नेपाली, सामाजिक, गणित, विज्ञानमा कम्तीमा डी प्लस ल्याउनैपर्ने छ । अनिवार्य जनसंख्या तथा स्वास्थ्य र अरू दुई ऐच्छिक विषयमा भने डी र ई ल्याए पनि ११ मा पढ्न पाइन्छ ।


अंग्रेजी कमजोर भएका विद्यार्थीले पनि शिक्षातर्फको ऐच्छिक विज्ञानका विषयहरू अध्ययन गर्न सक्नेछन् ।
विज्ञान समूह रोज्ने विद्यार्थीले एसएलसी परीक्षामा अनिवार्य विज्ञान र गणितमा सी प्लस ग्रेड ल्याएको हुनुपर्छ ।

सी प्लस भन्नाले ५० देखि ६० प्रतिशत हुन्छ । अंग्रेजीमा सी (४० देखि ५० प्रतिशत), सामाजिक र नेपालीमा कम्तीमा डी प्लस (३० देखि ४० प्रतिशत) ल्याउनुपर्ने हुन्छ ।

कक्षा ११ को प्राविधिकतर्फ अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । यसमा पनि विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेड, सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने हुन्छ । व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीए, गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।

 

त्यस्तै सैद्धान्तिक र प्रयोगात्मक भएको विषयमा फरक ग्रेड ल्याउनुपर्ने मापदण्ड तोकिएको छैन । यो निर्णयले प्रयोगात्मकमा ए प्लस र सैद्धान्तिकमा ई ल्याए पनि विद्यार्थीले भर्ना पाउने छन् ।

यसले सिकाइ क्षमता कमजोर भएका विद्यार्थीले पनि कक्षा ११ मा अध्ययन गर्न पाउने भएका छन् । दुई विषयसम्म डी र ई ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था छ ।

अधिकांश विषय अध्ययन गर्न सबै विषय अध्ययन गर्न अंग्रेजीमा सी र डी प्लस ल्याए हुनु भनिएको छ ।

यसअनुसार ग्रेड सी भन्नाले ४० देखि ५० र डी प्लसमा ३० देखि ४० प्रतिशत हुन्छ । व्यवस्थापन समूह रोज्ने विद्यार्थीले अनिवार्य अंग्रेजीमा डी प्लस ल्याए पनि हुने व्यवस्था गरेको छ ।

यसअनुसार कुनै विद्यार्थीले प्राक्टिकलमा २४ प्राप्त गरेको छ भने प्लस हुन्छ । सैद्धान्तिकमा ६ नम्बर मात्रै ल्याउँदा ‘ई’ समूहभित्र पर्छ । सैद्धान्तिक र प्राक्टिकलको दुवै नम्बर जोडदा ३० हुन्छ । ग्रेडमा लैजाँदा डी प्लस हुन्छ ।

सैद्धान्तिक र प्राक्टिकलमा कति ग्रेड ल्याउने पढ्न पाउने भन्ने व्यवस्था नगर्दा सैद्धान्तिकमा सिकाइ क्षमता कमजोर भएका विद्यार्थीले पनि माथिल्लो तहमा अध्ययन गर्न पाउने भएका छन् ।

शिक्षाविद् डा. मनप्रसाद वाग्लेले १.६ भन्दा कम जीपीए ल्याउनेलाई विकल्प नदिएको बताए ।

‘फेल ग्रेड नभएकाले विकल्प दिनुपर्थ्यो,’ उनले भने, ‘विज्ञान समूह अध्ययन गर्न कम्तीमा ५० प्रतिशत ल्याउनुपर्ने व्यवस्थाले सामुदायिक विद्यालय अध्ययन गरेका विद्यार्थी फेरि पनि विज्ञान पढ्न वञ्चित हुने भएका छन् ।’

प्राविधिकमा सबै खुल्ला
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि आंगिक र सम्बन्धन प्राप्त कलेजमा भर्ना लिन आधार तय गरेको छ । तीनवर्षे डिप्लोमा तह अध्ययन गर्न कम्तीमा २ जीपीए ल्याउनुपर्ने हुन्छ ।

स्वास्थ्यतर्फका विषयहरू, इन्जिनियरिङ, कृषि, वन, टुरिज्मलगायत अन्य विषय अध्ययन गर्न पनि अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड नै ल्याउनुपर्ने हुन्छ ।

टीएसएलसी कोर्ष न्यूनतम ई ग्रेड र ०.८ जीपीए ल्याउने विद्यार्थीले पनि अध्ययन गर्न सकिने व्यवस्था गरेको सीटीईभीटीले जनाएको छ । सीटीईभीटीले सिकाइ क्षमता कम भएका विद्यार्थीलाई एकवर्षे कोर्ष बनाएको छ ।

कक्षा ११ मा भर्ना हुन ‘डी प्लस’

एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । सो स्तरीकृत अङ्क ‘डी प्लस’ समान हुन्छ । सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि ‘डी’ र ‘ई’ ग्रेड ल्याउनेले भर्ना नपाउने नीतिबाट अघोषित रूपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण भएको विश्लेषण शिक्षाविद्हरूको छ ।


अक्षराङ्कन पद्धति लागू भएपछि उच्च माध्यमिक तहको भर्ना सम्बन्धमा सुझाव दिन गठित समितिले आइतबार उच्च माध्यमिक शिक्षा परिषद्समक्ष यस्तो सिफारिस गरेको छ । परिषद्का सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित पाँच सदस्यीय सुझाव समितिले दिएको सिफारिसका आधारमा सोमबार शिक्षा मन्त्रालयले कार्यान्वयनको निर्णय गर्ने भएको छ । परिषद्का उपाध्यक्ष चैतन्य शर्माले समितिले दिएको सुझाव अनुरूप नै भर्ना नीति अवलम्बन गरिने जानकारी दिनुभयो । प्राप्त जानकारी अनुसार यसलाई मन्त्रीस्तरीय निर्णय गर्नुपर्ने हुन्छ ।

उपाध्यक्ष शर्माले सो सुझाव समितिले विज्ञान र प्राविधिक विषय बाहेकमा कक्षा ११ मा भर्ना हुन एसएलसी परीक्षामा प्रत्येक विषयमा कम्तीमा ‘डी प्लस’ ल्याउनैपर्ने सिफारिस गरेको जानकारी दिनुभयो । “विज्ञान र प्राविधिकबाहेकका विषयमा भर्ना हुन प्रयोगात्मक र सैद्धान्तिक दुवैमा अलगअलग ‘डी प्लस’ ल्याउनुपर्ने सिफारिस प्राप्त भएको छ”, उहाँले भन्नुभयो । अक्षराङ्कन पद्धतिमा ३० देखि ४० प्रतिशतलाई ‘डी प्लस’को ग्रेड निर्धारण गर्दै ‘आंशिक स्वीकारयोग्य’का रूपमा व्याख्या गरिएको छ ।

त्यस्तै, कक्षा ११ मा विज्ञान विषय लिई अध्ययन गर्न चाहनेले एसएलसी परीक्षामा विज्ञान, गणित र अङ्ग्रेजीमा प्रयोगात्मक तथा सैद्धान्तिकमा अलग ‘सी प्लस’ प्राप्त गरेको हुनुपर्दछ । ५० देखि ६० प्रतिशत ल्याउनेलाई ‘सी प्लस’ ग्रेड प्रदान गरिन्छ भने त्यसलाई सन्तोषजनक भनि व्याख्या गरिएको छ । सो ग्रेडलाई २.४ ग्रेड प्वाइन्ट प्रदान गरिएको छ । यसैगरी, परिषद्का उपाध्यक्ष शर्माले प्राविधिक विषय लिई कक्षा ११ मा भर्ना हुन चाहनेले एसएलसी परीक्षामा सबै विषयमा ‘सी प्लस’ ल्याएको हुनुपर्ने सिफारिस भएको जानकारी दिनुभयो ।

“डी प्लसभन्दा कम ग्रेड ल्याउने विद्यार्थी तुलनात्मक रूपमा कमजोर हो”, उहाँले भन्नुभयो, “तर डी प्लस र ई ल्याएका विद्यार्थीले पूरक परीक्षा दिई ‘डी प्लस’मा उक्लिएमा भर्ना पाउनेछन् । ” २० प्रतिशतभन्दा कम ल्याउनेले ‘ई’ र ३० प्रतिशतभन्दा कम ल्याउनेले ‘डी’ प्राप्त गर्नेछन् ।

यसअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा तहमा स्वास्थ्य विषय अध्ययन गर्न गणित, विज्ञान, अङ्ग्रेजी र समग्रमा ‘सी’ तथा अन्य विषय अध्ययन गर्न गणित, विज्ञान तथा अङ्ग्रेजीमा ‘सी’ एवं समग्रमा जुनसुकै ग्रेड ल्याए पुग्ने निर्णय गरिसकेको छ ।


सीटीईभीटीका उपाध्यक्ष डा. रामहरि लामिछानेले गुणस्तर नखस्कियोस् भनेर सबै ग्रेड ल्याउनेलाई डिप्लोमामा भर्नाका लागि खुला नगरिएको स्पष्ट गर्दै भन्नुभयो, “डिप्लोमा अध्ययन गर्न सक्दैनन् भने कमजोर विद्यार्थीका लागि खुला गर्नु औचित्य हुँदैन । ”

प्रवेश परीक्षा अनिवार्य

अबदेखि कक्षा ११ मा भर्ना हुन सबै विद्यार्थीले अनिवार्य रूपमा प्रवेश परीक्षा दिनुपर्ने हुन्छ । परिषद्ले यसैपटकबाट यस्तो व्यवस्था लागू गर्ने भएको छ । परिषद्का उपाध्यक्ष चैतन्य शर्माले ३० प्रतिशत लिखित प्रवेश परीक्षाको भार र बाँकी ७० प्रतिशत ग्रेड सिटको प्राप्ताङ्कलाई जोडेर प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिने तथा सोही आधारमा विद्यार्थीले भर्ना पाउने जानकारी दिनुभयो । गत वर्षको एसएलसी परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थीले परीक्षा दिएका थिए ।

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...