annapurna add

डा. सुमनराज ताम्राकार । प्रश्न रोचक छ। वीर्य निलेको भरमा गर्भ त रहँदैन, तर मुखमैथुनका पारखीले गुदद्वार मैथुन र योनि मैथुन पनि गर्ने हुँदा यी सबै मैथुन एकै सेटिङमा हुन गएको खण्डमा गर्भ रहन गयो भने भ्रम पैदा हुन सक्छ। वीर्य पनि अन्य खाद्यवस्तु जस्तै हो। यदि वीर्य पिएको वा निलेको खण्डमा घाँटी, खाद्य नली हुँदै पेट (आमाशय) मा पुग्दा त्यहाँ रहेको अम्लले यसलाई पनि पचाउने हुनाले निलेको वीर्यका कारण गर्भ रहने सम्भावनै हुँदैन। तर, पुरुष पार्टनर कतिपय यौनरोगबाट संक्रमित छ भने निलेको वीर्यमा रहेको धातुमेहका कीटाणु तथा क्लेमिडियाका कारण घाँटीको संक्रमण हुनसक्छ। यसका साथै यदि महिला पार्टनरको मुखमा आलो घाउ छ भने एचआईभी सर्ने सम्भावना पनि प्रबल हुन्छ।

download 3File photo

यौन सम्पर्क वा हस्त मैथुनका कारण वीर्य स्खलन भएन भने पनि शरीरभित्रै वीर्य बन्ने र नष्ट हुनै क्रम जारी नै हुन्छ।सामान्यतया एकपल्ट वीर्य स्खलन हुँदा तीनदेखि पाँच मिलिलिटर वीर्य निस्कन्छ र यसमा शुक्रकीटको संख्या चारदेखि १२ करोडसम्म हुन्छ। वीर्यको सानो अंश मात्र शुक्रकीट हुन्छ।

वीर्यमा पाइने शुक्रकीटको उत्पादन अण्डकोषमा हुन्छ। अण्डकोषमा रहेको अति नै मसिना एवं गुँडुल्किएका नलीमा निरन्तर रूपमा शुक्रकीट बन्ने प्रक्रिया चलिरहन्छ। किशोरावस्थामा पुगेपछि शुक्रकीट उत्पादन हुने, वीर्य बन्ने प्रक्रिया जीवनभर चलिरहन्छ। प्रारम्भिक अवस्थाबाट पूर्ण वयस्क शुक्राणु बन्ने प्रक्रियालाई मेडिकल भाषामा ‘स्पर्मेटोजिनेसिस’ भनिन्छ। मानिसमा यस प्रक्रियाका लागि करिब ६१ दिन लाग्छ।

सूक्ष्मदर्शक यन्त्रबाट हेर्दा परिपक्व शुक्रकीट चेपागाँडा आकारको हुन्छ। बनावटको हिसाबले शुक्राणुलाई टाउको र पुच्छरमा बाँडिएको हुन्छ।यौन सम्पर्कका बेला पुरुषको वीर्य स्खलन हुँदा निस्किएका करौडौँ शुक्रकीटमध्ये केही महिलाको पाठेघर हुँदै पाठेघर र डिम्बवाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एउटाले मात्र निषेचन गर्न सक्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भई बनेको कोष दुईतीन दिनपछि पाठेघरमा बस्न आउँछ र क्रमशः भ्रूण अनि गर्भेशिशुमा विकसित हुँदै जान्छ। अतः वीर्यमा शुक्रकीट नै छैन भने गर्भ रहन सक्दैन।

धेरै देशमा गरिएको एक अध्ययनअनुसार हालैको दशकमा शुक्राणुको गुणस्तर घट्न थालेको पाइयो। कतिपय गतिविधिका कारण शुक्रकीटको संख्यामा घटबढ हुने गरेको छ। ब्रिटिस जर्नल अफ स्पोट्र्स मेडिसिनमा प्रकाशित सामग्रीअनुसार प्रति साता २० घण्टाभन्दा अधिक टेलिभिजन हेर्ने पुरुषको शुक्रकीटको संख्या आधा कम हुने गरेको पाइयो। त्यसैगरी, अर्काे अध्ययनअनुसार प्रति साता १५ घण्टा वा सो भन्दा बढी शारीरिक अभ्यास गर्ने पुरुषमा ७३ प्रतिशत बढी शुक्रकीट पाइयो। यसको कारण ठ्याक्कै थाहा नभएपनि जीवनशैलीमा आएको परिवर्तनलाई कारक तŒव मानियो। तातो वातावरण, गर्मी ठाउँका मान्छे, लामो दूरीका गाडी चलाउने चालकमा पनि शुक्रकीट कम हुने पाइएको छ।

अण्डकोषका विभिन्न खराबी (चोटपटक, संक्रमण, जन्मजात खराबी वा अन्य चोटले हुने संरचनागत खराबी) ले शुक्रकीट उत्पादनमा असर पार्न सक्छन्। हर्मोनको मात्रामा गडबडी, वंशाणुगत खराबी, रेडियोथेरापी (विकिरण) र कतिपय औषधिले पनि उत्पादनमा ह्रास ल्याउन सक्छन्। यसका साथै अण्डकोषबाट वीर्य आउने नलीमा गडबडी हुँदा पनि वीर्य स्खलनमा समस्या गराउँछ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिमिलिलिटर वीर्यमा शुक्राणुको संख्या दुई करोड वा सोभन्दा बढी हुनुपर्छ। यसैगरी, ५० प्रतिशत वा सोभन्दा बढी शुक्रकीटको चाल र बनावट सामान्य हुनुपर्छ। यसका साथै, वीर्यमा एसिड फोस्फेटेज, जिंक र फ्रुक्टोज पनि निश्चित मात्रामा हुनु पर्छ। मौसमअनुसार तथा स्खलनको पटक अनुसार वीर्य बाक्लो र पातलो हुनसक्छ। शुक्रकीट अण्डकोषमा निर्माण भई वीर्यथैलीमा भण्डारण हुन्छ। वीर्य शारीरिक सम्पर्क वा हस्तमैथुनका क्रममा उत्तेजित लिंगबाट स्खलित हुन्छ।

वीर्यमा हुने विभिन्न तŒवमध्ये शुक्रकीट पनि एक हो। सन्तान उत्पादन गर्न सक्षम हुनका लागि वीर्यमा निश्चित संख्यामा शुक्रकीटको संख्या हुनुपर्छ। यिनको बनावट र चाल पनि निश्चित हुन्छ।

कतिपय मानिसले औँलामा रहेको वा टाँसिएको वीर्यका कारण औँलाले योनि चलाएको खण्डमा गर्भ रहन्छ कि भन्ने जिज्ञासा राखेको पनि पाइन्छ। वास्तविकता के हो भने योनिभित्र स्खलित वीर्यमा रहेको शुक्रकीट पाँच दिनसम्म बाँच्न सक्ने भएपनि बाह्य हावाको सम्पर्कमा आएलगत्तै वीर्य सुक्न थाल्ने हुनाले शुक्रकीट धेरै समयसम्म जीवित रहन सक्दैन। अतः वीर्ययुक्त औँलाका कारण गर्भ रहने सम्भावना खासै हुँदैन।

वीर्यमा करिब ८० प्रतिशत पानी र केही अंश प्रोटिन हुन्छ। यो प्रोटिनको स्रोत भएपनि वीर्य निलेकै भरमा प्रोटिन प्राप्त गर्न गाह्रो हुन्छ। किनकि, प्रोटिनकै लागि वीर्य सेवन गर्ने हो भने यसको मात्रा धेरै हुनुपर्छ। वीर्यमा अवसाद (डिप्रेसन) निरोध तŒव हुने हुनाले यौनिक गतिविधिका क्रममा वीर्य निलेको वा वीर्यको सम्पर्क आएको खण्डमा ‘मुड’लाई ठीक ठाउँमा ल्याउने विश्वास गरिन्छ। त्यसैगरी, वीर्यमा मेलाटोनिन नामक हर्माेन पनि हुन्छ। यसले मानिसको निद्रा चक्रलाई नियमन गर्ने हुनाले यौन कार्यपछि मीठो निद्रा लगाउँछ। तर, कतिपय महिलालाई भने वीर्यको एलर्जी पनि हुन सक्छ।sampurnaweekly

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...