1478958692 banner ad format

 
 

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले पनि टेस्टट्युबमा भ्रुणको विकास गरी महिलाको पाठेघरमा राखेर बच्चा जन्माउने प्रविधि (आइभिएफ) सेवा सुरु गर्ने भएको छ।

Teaching hospital Test tube baby service started

अस्पतालले यसका लागि तयारी थालिसकेको जनाएको छ। अस्पताल परिसरमा रहेको मङ्गलादेवी बर्थिङ सेन्टरको माथिल्लो तल्लामा टेस्टट्युब बेबीको सेवा सुरु हुन लागेको हो। 

अस्पतालका निर्देशक डा. दीपकप्रकाश महराका अनुसार यसका लागि पूर्वाधार निर्माण र उपकरण जडान लगायतका प्राविधिक काम भइरहेको छ। ‘काम अगाडि बढाइसकेका छौँ’ उनले भने, ‘सबै काम सकिएपछि छिट्टै सेवा सुरु गर्नेछौँ।’

नेपालमा टेस्टट्युब बेबी निजी क्षेत्रबाट सुरु भएको हो। सरकारी अस्पतालमा अहिले थापाथलीस्थित परोपकर प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) मा मात्र हुन्छ। निजी क्षेत्रमा भने धेरै अस्पतालले यो सेवा दिने गरेका छन्। 

अस्पतालले बा“झोपनका समस्याबाट निसन्तान भएका दम्पतीलाई सुलभ शुल्कमा सन्तान सुख दिने टेस्टट्युब बेबी सेवा सञ्चालन गर्न लागेको हो। नेपालमा सन् २००४ मा पहिलो पटक ओम अस्पतालमा टेस्टट्युब बेबीको जन्म भएको थियो। 

के हो टेस्टट्युब बेबी?

वरिष्ठ महिला तथा स्त्रिरोग विशेषज्ञ डा. उषा श्रेष्ठ खाँडका अनुसार सामान्य अवस्थामा वा प्राकृतिक रुपमा डिम्ब र शुक्रकीटको मिलन भएर भ्रुण बन्ने प्रक्रिया महिलाको पाठेघरको नलीमा हुने गर्छ। तर, विभिन्न कारणले पाठेघरको नलीमा समस्या आएपछि आइभिएफ प्रक्रियामा जाने गरिन्छ। प्राकृतिक रुपमा बच्चा नहुने भएपछि पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम प्रविधिबाट निकाली प्रयोगशालामा राखिन्छ। 

पाठेघरको नलीमा समस्या भएका महिलाहरुको शरीरबाट निकालिएको डिम्ब र शुक्रकीट बन्ने समस्या भएका पुरुषबाट निकालिएको शुक्रकीटलाई संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर भ्रुण तयार पार्ने प्रक्रिया सुरु हुन्छ। यो प्रक्रिया प्राकृतिक रुपमा महिलाको पाठेघरभित्र नै हुनुपर्ने हो, तर पाठेघरको नलीमा समस्या हुँदा यस्तो प्रक्रिया नहुने भएका कारण बच्चा बस्न सक्दैन। 

महिलाको पाठेघरको नलीमा हुने उक्त प्रक्रियालाई सिसाको ट्युबमा गर्ने पक्रिया नै टेस्टट्युब बेबीको प्रक्रिया हो। यो प्रक्रिया जम्मा ३६ देखी ४८ घन्टाको हुन्छ।

यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रुणलाई सिरिन्ज (सानो पाइप)को सहायताले स्त्रीको पाठेघरको भित्तामा नै लगेर राखिन्छ। त्यसपछि महिलाको पाठेघरमा साधारण अवस्थामा जस्तै भ्रुण विकसित भई शिशुको रुप धारण गर्छ। यसरी जन्मने भएकाले बच्चालाई टेस्टट्युब बेबी भनिएको हो। 

महिलाको पाठेघर पूरा बन्द भएका, अन्डाशयमा अन्डा नबन्ने वा थुप्रै साना–साना डिम्ब बने पनि नबढ्ने, पिप या पानी जमेमा, पाठेघरको झिल्ली क्षयरोग वा कुनै कारणबाट पातलो भएमा, हर्मोनमा गडबडी, पाठेघरको झिल्लीमा मासु बढ्ने, गर्भाशयको मुख ज्यादै सानो हुने जस्ता समस्या भएका महिलाले यो विधि अनुसार बच्चा जन्माउन सक्छन्। स्वास्थ्य खबर 

प्रकासित मिति

Loading...

 

yummyfood