tealaya add

pyaj

हाम्रो दैनिक खानपानमा प्याजको एक महत्वपूर्ण हिस्सा हुन्छ। खानाको स्वाद बढाउनको लागि प्याज जरुरी हुन्छ तर प्याजले स्वादमात्र बढाउदैन्।प्याजका कयौं गुणहरु रहेका छन्। यो एक बेजोड खालको औषधि पनि हो। प्याजको प्रयोग धेरै रोगको उपचारको लागि हुने गरेको छ। यसको सेवनले इम्यसनिटी पावर बढाउछ। अनुहारमा नरम पन, आखाको ज्याती बढ्छ। प्याजमा कयौं पोषक तत्व हुन्छ।

जस्तो भिटामिन सी, फलाम जस्ता बहुमुल्य खनिज पदार्थ पाइन्छ।साथै प्याज आफ्नो राम्रो गुणहरुले गर्दा अझ बढी बिशेष छ। हाम्रो भान्सामा कहिल्यै नटुट्ने प्याजको फाइदाहरुका बारेमा कमैलाई थाहा हुनसक्छ। स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो मानिने प्याजको गुणहरु के के छन् ?

रुघाखोकीमा लाभकारी
रुघाखोकी र कफको समस्यामा प्याज धेरै लाभदायक मानिन्छ। यस्तो बेला प्याज सेवन गर्दा धेरै आराम मिल्छ। कफ जमेको बेला प्याजको रसमा मिश्री मिलाएर चाट्दा धेरै फाइदा हुन्छ।

कपालको सुरक्षाकवच
कपाल झर्ने समस्या छ भने प्याज समस्याको समाधान हुन सक्छ। प्याजको रस प्रयोग गर्दा कपाल झर्न रोक्छ। साथै प्याजको सेवन नियमित गरेमा कपालको जरा मजबुत हुन्छ।

छालाको लागि फाइदाजनक
प्याजमा एन्टी इम्फ्लामेट्री, एन्टी एलर्जिक, एन्टी अक्सिडेन्ट र एन्टी कार्सिनोजेनिक गुण हुन्छ। यिनै गुणहरुको कारण प्याज धेरै रोगहरुमा धेरै लाभकारी हुन्छ। प्याजको नियमित सेवनले धेरै रोगहरुलाई भगाँउछ। केहि अनुसन्धानहरुले प्याजको नियमित सेवनबाट मानिसहरुको आयु पनि लम्बिने बताउँदै आएका छन्। यसको साथै छाला चाउरी पर्नबाट पन जोगाउँछ। र छालाको चमक उस्तै राख्छ।

वीर्यको लागि फाइदाजनक
प्याजको रस र मह मिलाएर खाएमा वीर्यवृद्धि हुन्छ। नपुंसकता हटाउनको लागि प्याज उपयोगी हुन्छ। यौन उत्तेजना बढाउनको लागि वा जागृत गर्नको लागि प्याजले सहायक भुमिका खेल्छ। साथै यौन दुर्वलताबाट पनि बचाउँछ।

मधुमेहमा फाइदाजनक
मधुमेहका बिरामीहरुको लागि काँचो प्याज धेरै लाभकारी हुन्छ। प्याज खाँदा शरिरमा इन्सुलिन पैदा हुन्छ। शरिरमा सुगरको लेभल सन्तुलन गर्नमा प्याजको अहम योगदान हुन्छ। शरिरमा इन्सुलिनको मात्रा बढाउनुका साथै ब्लडमा सुगरको लेभल नियन्त्रण गर्छ।

रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि प्याज धेरै फाइदाजनक हुन्छ। यसको नियमित सेवनले धेरै किसिमको रोग लाग्नबाट बचाउँछ।

अपचबाट छुटकारा
धेरैजसो मानिसहरु अपचको समस्याबाट हैरान हुन्छन् । यदि तपाईलाई पनि अपचको समस्या छ भने प्याजको सेवन गर्नुहोस् । प्याजको सेवनबाट शरिरमा पाचक रसको प्रवाह धेरै हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ । साथै तौल नियन्त्रण पनि गर्छ ।

क्यान्सरबाट बचाउँछ
क्यान्सर जस्तो घातक रोगबाट बच्नको लागि प्याज एक राम्रो औषधी बन्न सक्छ। यो अक्सिडेन्टबाट भरपुर हुन्छ। यसमा भिटामिन–सी पनि पाइन्छ, जुन क्यान्सरको रोकथामको लागि सहयोगी भुमिका खेल्छ।

कानको दुखाई कम
कानमा कुनै पनि प्रकारको समस्या हुँदा प्याजलाई आगोमा हल्का तताएर मनतातो रस निकाल्ने। उक्त रस कानमा हाल्नाले कानको दुखाई एंव अन्य समस्या समाप्त हुन्छ।

महिनावारीको क्रममा लाभ
महिलाहरुमा महिनावारीसँग जोडिएको समस्या हुँदा प्याजको रसमा मह मिलाएर सेवन गरेमा धेरै लाभदायक हुन्छ। अत्याधिक दुखाई हुँदा पनि प्याजको सेवनले राहत मिल्छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...