annapurna add

braपुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश अनि कसिलो मांसपेसी भएकी महिलालाई आकर्षक मानिन्छ। त्यस्तै विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ। विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ।

त्यसैले जैविक रूपमा पुरुषहरू थाहा पाएर वा नपाई विकसित अर्थात् ठूला स्तनप्रति र त्यस्तो स्तन भएकी महिलाप्रति आकषिर्त हुन्छन् जसले गर्दा उक्त महिलाबाट जन्मने आफ्ना सन्तान बाँच्ने सम्भावना बढी होस्।

अचेल शरीरचाहिँ अति पातलो तर स्तनचाहिँ ठूलो हुनुपर्ने अपेक्षा गरिन्छ। छापा, चलचित्र वा टेलिभिजनमा देखिएका कतिपय कुराको सत्यता विचार नगरी त्यसकै पछाडि लाग्नु हुँदैन। भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग भएकाले यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ।

आफ्नो थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नु नै सबैभन्दा सजिलो तथा सस्तो उपाय हो। त्यसबाहेक अलिक बढी खर्च गरेर यस्तै वस्तुहरू प्रयोग गर्न सकिन्छ। स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्छ र सुन्दरतामा वृद्धि हुन्छ।

स्तनमा लगाउने क्रिम अनि पम्पले स्तनको आकार बढाउने दाबी गरिएको छ, तर यसले स्तनको आकार तथा नापमा पार्ने स्थायी प्रभावका सम्बन्धमा अझै केही विवाद छ। शल्यक्रिया गरेर स्तनको आकार बढाउनु एउटा अर्को उपाय हो, तर शल्यक्रिया गर्नुभन्दा पहिले धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ, किनभने यो विधि खर्चिलो मात्र होइन, यसका नकारात्मक प्रभाव पनि हुन सक्छ।

१, महिलाहरुको दुई वक्षस्थल मध्ये बायाँको वक्षस्थल दायाँको भन्दा केही ठूलो हुने गर्छ । दुई वक्षस्थल कहिल्यै पनि एउटै साइजको नहुने अध्ययनको दावी छ । यस्तै, निप्पलको आकार पनि फरक फरक हुने गर्छ भने दिशा समेत फरक—फरक हुने गर्छ ।

२, महिलाको वक्षस्थलको वरीपरी रौहरू हुने पनि अध्ययनले बताएको छ । महिलाको शरिरको रंग अनुसार नै स्तन वरपरको रंग फरक हुने बताइएको छ । ३, स्तनमा मांसपेशी हुँदैन । त्यसकारण स्तनलाई फिट राख्नका लागि युवतीहरुले एक्सरसाइज गर्छन्, । जसले उनीहरुको छातीलाई टाइट राख्न सहयोग गर्छ ।
र, टोण्ड फिगरका लागि पेक्टोरल मसल्स सम्बन्धी एक्सरसाइज हुन्छ ।

३, महिलाहरूको वक्षस्थलको तौल औसत ०.५ किलो ग्राम हुन्छ । वक्षस्थलमा उनीहरुको शरिरमा हुने चिल्लो पदार्थको ४.५ प्रतिशत बोसो रहेको हुन्छ । महिलाको वक्षस्थल उमेर बढ्दै जाँदा बढ्दै जान्छ र बोसोको मात्रा पनि बढ्दै जान्छ ।

४, विश्वका करिब २० लाख महिलाले आफ्नो वक्षस्थलको शल्यक्रिया गरी वक्षस्थलको आकारलाई ठुलो बनाउने गरेका छन् ।

५, निप्पल लिक तब हुनसक्छ, जब महिलाहरुले ब्रेस्टफिड गराएका हुँदैनन् ।

६, महिलाहरूको वक्षस्थल सामान्य अवस्थामा भन्दा रिसाएको बेला ठुलो हुन्छ । विज्ञहरुको अनुसार महिलाहरू रिसाएको बेला महिलाको वक्षस्थल समेत फुक्ने गर्छ ।

७, एक अध्ययनअनुसार कफीमा क्याफिन हुन्छ, जसले स्तनलाई थप संवेदनशील बनाउँछ ।

८, हिड्दा होस् या जगिङ गर्दा या त कुनै काम गर्दा महिलाहरुको स्तन बढी नै उफ्रने गर्छ । यसले महिलाहरुलाई थप स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ । यसले महिलालाई वक्षस्थल दुखाई समस्या बढाउने हुनाले महिलाले भित्रि वस्त्र ठिकसँग प्रयोग गर्नु उपयुक्त हुने सल्लाह चिकित्सकहरुको रहेको छ। उनीहरूले यदी भित्री वस्त्र मिलाएर लगाउने हो भने स्तनको दुखाईबाट बच्न सकिन्छ ।

९ ठिक ढंगले कपडा तथा ब्राजस्ता बाहिरी लेयर नलगाउने हो भने निप्पलमा अनावश्यक घर्षण हुन्छ, जसका कारण ब्लिडिङ हुनसक्छ ।

१०, महिलाको अन्तरवस्त्र बिक्रि गर्ने कम्पनी इन्टीमेसीद्धारा गरिएको सर्भेका अनुसार १५ प्रतिशत महिलाहरु आफ्नो खास वक्षस्थलको साइज भन्दा १ वा २ इन्च ठूलो ब्रा लगाउँछन् । ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँछन् ।

११, अर्को एक अध्ययनकाअनुसार स्तनको मसाजले क्यान्सरको खतरा कम गर्छ ।

१२, स्तन मसाज गर्दा अक्सिटोसिनको श्राव हुन्छ । त्यो हर्मोन जुन विपरित लिंगीसँग अंगालो मार्दा रिलिज हुन्छ ।

१३, सन् २००६ मा गरिएको एक सर्भेक्षण अनुसार ८२ प्रतिशत युवतीहरु वक्षस्थलको स्पर्शबाटै यौन सम्बन्धका लागि उत्तेजित हुने गर्छन् ।

१४, विज्ञहरुको अनुसार कतिपय महिलाले आफ्नो स्तनमा रहेको निप्पलको घर्षणबाटै अर्गाज्म सेक्सका दौरान पाउने आनन्द प्राप्त गर्छन् ।

१५, क्यानडामा गरिएको शोधका अनुसार स्तन प्रत्यारोपण गराउने महिलाहरुमा आत्महत्या गर्ने जोखिम ७३ प्रतिशत बढि हुन्छ ।

१६, स्मोकिङ गर्ने महिलाको स्तन छिट्टै खुकुलो हुन्छ ।

यस्तो असर सिगरेटमा हुने केमिकलका कारण देखिन्छ । यसले शरीरको इलास्टिनलाई टुटाउने काम गर्छ, जसका कारण समय नै नहुँदै स्तन झोलिन थाल्छ ।

१७, विज्ञहरुको अनुसार गरीब पुरुषहरुले ठूलो वक्षस्थल भएका महिलालाई मन पराउँछन् भने धनी पुरुषहरुले सानो वक्षस्थल भएका महिला रोज्छन् ।

१८, सबैलाई थाहा छ, पुरुषको पनि ‘निप्पल’ किन हुन्छ ? किनकी हरेक भ्रुण पहिले स्त्रीको रुपमा नै विकास हुन सुरु गर्छ । त्यसपछिमात्रै त्यसमा बदलाव आएर पुरुष बन्ने हो । पुरुषको रुपमा विकास हुनुअगावै निप्पलको विकास भइसक्छ । एजेन्सीको सहयोगमा

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...