annapurna add

oli baskotaत्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुस्तकमाथि कर लगाईदा असर परेको भन्दै पुनरावलोकन गर्न पत्र लेखेका छन्।

बाँस्कोटाले विश्वविद्यालयको पाठ्यक्रमसँग सम्बन्धित केही पुस्तकहरू मात्र नेपालमा पाइने उल्लेख गरेका छन्।

केही पुस्तकहरु बाहेक अन्य पुस्तकका लागि विद्यार्थी र शिक्षक विदेशमा प्रकाशित हुने पुस्तकमा भरपर्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख छ ।

बाँस्कोटाले विदेशबाट आयात हुने किताबमा दस प्रतिशत कर लगाउने सरकारी नीतिले पठनपाठनमा असर पर्ने भन्दै किताबमा लगाइएको कर फिर्ता गराउनुपर्ने आसयको पत्र लेखेका हुन् । यसै विषयमा विभिन्न तह, तप्का र क्षेत्रबाट अभियान समेत  चलिरहेको छ।

बाँस्कोटाले फागुन २ गते प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै पुस्तकमा कर लगाउने विषयमा पुनरावलोकन गर्न अनुरोध गरेका हुन्।

हेर्नुहोस् बाँस्कोटाले लेखेको पत्र:

baskota letter

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर