annapurna add

trichandra pujaत्रिचन्द्र बहुमुखी क्याम्पसमा 'जियो क्लब २०७५' (Geo Club) गठन भएको छ । विज्ञान संकाय अन्तर्गत भूगर्भशास्त्र अध्ययनरत दोश्रो वर्षका विद्यार्थीहरुको संलग्नतामा क्लब गठन भएको हो । शुक्रबार सञ्चालन भएको विद्यार्थी भेलाले अध्यक्षद्वय पूजा दाहाल र सुडल राईको नेतृत्वमा ७ सदस्यीय पदाधिकारी सहितको क्लब गठन गरेको छ । सिर्जनशील र नौलो सोचका साथ गठन गरिएको यस क्लबमा आवाश्यक सल्लाह सुझाव प्रदान गर्न ५ सदस्यीय बौद्धिक समूह समेत बनाइएको छ । सो समूहमा दिनेश सुवेदी (अतीत), सञ्जीव ओली, रोहित ढकाल, अनिश पाण्डे र निशा गिरी रहेका छन् । क्लबको उपाध्यक्षमा एलिसा भण्डारी र गणेश अधिकारी चुनिएका छन् । सचिव र सहसचिवमा क्रमशः प्रकाश ढुंगाना र सिला बेलबासे रहेका छन् । यसैगरी क्लबको कोषाध्यक्षमा आस्था पौडेल चुनिएकी छिन् ।

अध्यक्ष र उपाध्यक्षमा किन दुई पदाधिकारी राखिएको भन्ने प्रश्नमा बौद्धिक समूहका सदस्य दिनेश भन्छन्, "त्रिचन्द्र क्याम्पसमा भूगर्भशास्त्र अध्ययन बिहानीसत्र र दिवासत्र गरी दुई भिन्न समयमा हुने भएकाले दुवै सत्रमा विद्यार्थीलाई समेट्न यसो गरिएको हो । यस क्लबमा भूगर्भशास्त्रसँग सम्बन्धित विषयमा आन्तरिक छलफल, अध्ययन, बहस, गहन विमर्श तथा प्राध्यापक र विशेषज्ञहरुसँग अन्तरकृया गरिने क्लबका सदस्य लक्ष्मण उपाध्याय बताउँछन् । उनका अनुसार यस क्लबको गतिविधिले विद्यार्थीको शैक्षिक तथा अन्य बौद्धिक पक्षमा पनि सहयोग गर्ने विश्वास सम्पूर्णले लिएका छन् । सचिव प्रकाश ढुंगानाका अनुसार क्लबमा सुरुवातमा क्लबमा १२० जना भन्दा बढी विद्यार्थी सदस्य रहेका छन् र आगामी दिनमा यो संख्या अझ बढेर जानेछ । क्लबको गतिविधि प्रभावकारी रुपमा संचालन गरेर अरूलाई आकर्षित गरिने उनको भनाइ छ ।

थप समाचार

सन् १८१५ मा तात्कालिन इस्ट इण्डिया कम्पनीको गभर्नर जनरल लर्ड मोइराले ब्रिटिश सरकारको एउटा कमिटीलाई लेखेको गोप्य पत्रमा काली नदीलाई उपनिवेशकालीन भारत र नेपालको सीमाका रूपमा स्वीकार गरेका थिए। कुमाउ युद्धमा आफ्ना सैनिकले गौर्खाली फौजलाई हराएपछि लेखिएको उक्त पत्रमा स्पष्टसँग सीमा किटान गरिएको छ। त्यो बेहोरा सहित उक्त पत्र लेखिएको झण्डै १० महिनापछि नेपाल र इस्ट इण्डिया कम्पनीबीच सुगौली सन्धि भएको थियो, जसको पाँचौ बुँदामा नेपालका राजाहरूले काली नदी पश्चिमको भूभागलाई आफ्नो भनेर दाबी नगर्ने उल्लेख छ। सो ‘गोप्य पत्र’ सहित अन्य नेपाल-अँग्रेज युद्धका दस्तावेजहरू सन् १८२४ मा प्रकाशित ‘पेपर्स रेसपेक्टिङ् द नेपाल वार’ नामक पुस्तकमा सङ्ग्रह गरिएका छन्। महाकाली नदीको उद्गमविन्दुका बारेमा नेपाल र भारतका अधिकारीहरूबीच लामो समयदेखि मतभेद कायम छ।

NEPALI LITTER NEWSगोप्य पत्र: अर्को प्रमाण

कालापानी विवादबारेको इतिहास नजिकबाट नियालेका कतिपय विज्ञहरूले लर्ड मोइराले सन् १८१५ को जुन १ तारिखमा पठाएको पत्र भारतसँग लामो समयदेखिको सीमा विवाद समाधान गर्न एउटा महत्त्वपूर्ण प्रमाण हुनसक्ने बीबीसीलाई बताएका छन्। त्यसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमाथि नेपालले गरिरहेको दाबीलाई बल दिने उनीहरूको भनाइ छ। ४९ बुँदे उक्त पत्रको ३७ औँ बुँदामा कुमाउलाई आफूमा विलय गराउनुलाई 'मूल्यवान' उपलब्धि भन्दै काली नदीलाई सिमाना बनाइने उल्लेख छ।आफ्नो पत्रमा कुमाउमाथि नियन्त्रण गर्दा करमार्फत हुने आम्दानी सबिस्तार उल्लेख गरिएको भन्दै लर्ड मोइराले लेखेका छन्, "म पश्चिम प्रान्तको सीमा अलकनन्दा र गङ्गा वा अन्तत: भागिरथी र गङ्गासम्म पुर्‍याउन प्रस्ताव गर्छु किनभने देशको भूगोलबारे राम्रोसँग सोचविचार गर्ने सामर्थ्य मसँग छ। पुरा समाचार.......

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...