annapurna add

tu

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोहमा दुई विद्यार्थीले तीन-तीन वटा पदक पाउने भएका छन् ।पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३ प्रतिशत अङ्क ल्याएका उमेश आचार्य र स्नातकोत्तर तह अर्थशास्त्रमा ३.८६ सिजिपिए अङ्क ल्याएका विद्यामान महताराले आगामी पुस ३ गते हुने दीक्षान्त समारोहमा तीन वटा पुरस्कार पाउने हुनुभएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।

उनका अनुसार आचार्यले चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक पाउने भएको छ ।चान्सलर पदक स्नातकोत्तरतर्फ प्रथम श्रेणीमा प्रथम भएकामा, त्रिवि प्राध्यापक स्वर्ण पदक र मानन्धर स्वर्ण पदक सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकामा प्रदान गर्न लागिएको हो । चान्सलर पदकमा करीब तीन तोला सुन रहेको हुन्छ ।

यसैगरी महताराले खगेन्द्रमान सिंह प्रधान पदक, तारापद चौधरी पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाउने छन् । उनले एमएमा सर्वोकृष्ट अङ्क ल्याएबापत उक्त पुरस्कार पाउने छन् ।

यसैगरी समारोहमा चार जना विद्यार्थीले दुई-दुई पदक पाउने भएका छन् । सहनियन्त्रक अधिकारीका अनुसार सङ्गीता महर्जन, थमनसिंह गौतम, इशिला खरेल र अञ्जना शर्माले दुई-दुई वटा पुरस्कार पाउने छन् ।

रसायनशास्त्र विभागबाट एमएस्सीमा ३।९८ सिजिपिए अङ्क ल्याएका महर्जनले अमृत पदक, पिएलसिंह पदक, स्नातकोत्तर तहमा राजनीतिक शास्त्रमा ६७ प्रतिशत ल्याउनुभएका गौतमलाई ‘ललित चन्द पदक’ र वडाकाजी ‘मरिचमान सिंह पदक’ पाउनुहुने भएको छ ।

यसैगरी शंकरदेव क्याम्पसबाट व्यापार प्रशासनमा स्नातक तह (बिबिए)मा ३.९३ सिजिपिए अङ्क ल्याउने खरेलले भाइस चान्सलर पदक र भ्वाइस सत्य माँ स्मृति स्वर्ण पदक तथा मानविकी सङ्काय स्नातक तहमा उत्कृष्ट अङ्क ८२.१४ ल्याउने सान्त्वना मेमोरियल बहुमुखी क्याम्पसका विद्यार्थी शर्माले पिपल्स क्याम्पस ‘तीर्थरत्न बज्राचार्य पदक’ र ‘ज्ञानप्रसाद’ पुरस्कार पाउने छन् ।

समारोहमा ‘त्रिवि प्राध्यापक सङ्घका उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक–२०७५’ बाट व्यवस्थापन सङ्काय एमफिल तहमा सर्वोकृष्ट अङ्क ल्याउने सिर्जना पहारीलाई प्रदान गरिन लागेको हो । उनले जनप्रशासन केन्द्रीय विभागबाट ३.७५ सिजिपिए अङ्क ल्याएका थिए ।

सोही अवसरमा उत्कृष्ट अङ्क ल्याउने ३१ विद्यार्थीलाई पदक वितरण गरिनेछ । समारोह त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुनेछ । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा १० हजार १८४ विद्यार्थी र करीब छ हजार ९०० अभिभावक सहभागी हुने भएका छन् ।

यो पनि पढ्नुहोस :-चिकित्साशास्त्र स्नातक तहको परीक्षा बहिष्कार, प्रश्नपत्र नै आउट

एक वर्षको पढाइपछि परीक्षामा सामेल हुनुपर्ने चिकित्सा शिक्षाका विद्यार्थी अहिले आन्दोलनमा छन् । १५ लाख रुपैयाँ बढी शुल्क लिएपछि उनीहरू परीक्षा नै त्यागेर आन्दोलनमा उत्रिएका हुन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र स्नातक तहको वार्षिक परीक्षा बुधबारदेखि सुरु भएको छ । तर निजी कलेजका विद्यार्थी परीक्षा दिन छाडेर न्यायका लागि सडकबाटै हार गुहार गर्नुपरेको छ ।

पछिल्लोपल्ट मंसिर १० गते सरकारसँगै सहमति गरे पनि कलेज सञ्चालकले फेरि धोका दिएपछि भैरहवाको युनिभर्सल र भरतपुरको चितवन मेडिकल कलेजका विद्यार्थीले बिडीएस, पव्लिक हेल्थ, फार्मेसी लगायतको परीक्षा नै बहिष्कार गरेका हुन् । चितवन मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस, बिडिएस, पब्लिक हेल्थ, फामेसीमा परीक्षा फारम भर्न नै पाएका छैनन् ।

वीरगञ्जको नेसनल मेडिकल, जनकपुरको जानकी मेडिकल कलेजका विद्यार्थीले बिहीबारबाट हुने परीक्षा बहिस्कार गरेका छन् । सुरक्षाको प्रत्याभूतिसहित पुनः परीक्षाको व्यवस्था मिलाउन विद्यार्थीले माग गरेका छन् ।

गत कात्तिक २० गतेदेखि तोकिएको परीक्षा विद्यार्थी आन्दोलनकै कारण एक महिनापछि सरेको हो । कलेजले अतिरिक्त शुल्कका नाममा चार वर्षमा प्रतिविद्यार्थी १५ लाख रुपैयाँ बढी असुलिरहेका छन् ।

पोखराको गण्डकी कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । सो क्रममा प्रहरीले नौजना विद्यार्थीलाई पक्राउ गरेको छ । सो कलेजमा बिहीबार भएको परीक्षाको प्रश्नपत्र नै आउट भएको छ ।

गण्डकी मेडिकल कलेजमा प्रश्नपत्र आउट, सीईओ र प्रिन्सिपलका छोराछोरी मात्रै परीक्षामा सहभागी !

पोखराको गण्डकी मेडिकल कलेजमा आजदेखि शुरु भएको एबीबीएस परीक्षाको प्रश्न पत्र आउट भएको छ ।१० बजेदेखि परीक्षा भएपनि बिहान नै प्रश्न पत्र आउट भएको गण्डकी मेडिकल कलेजका विद्यार्थीले आरोप लगाएका छन् । एमबीबीएसका विद्यार्थीहरुले शुल्कको विषयलाई लिएर परीक्षा नै नदिने घोषणा गरेपछि कलेज सञ्चालकका छोराछोरीले मात्र परीक्षा दिएको र उनीहरुलाई पास गराउन कलेजले नै प्रश्न पत्र आउट गरेको आन्दोलनमा उत्रिएका विद्यार्थीको आरोप छ ।

‘आज एमबीबीएसको परीक्षा १० बजेदेखि थियो, कलेज सञ्चालकका छोराछोरी बाहेक अरु विद्यार्थीले परीक्षा बहिष्कार गरेर बसेका थिए,’ गण्डकी मेडिकल कलेजका एक विद्यार्थीले भने, ‘प्रिन्सिपल रविन्द्र प्रसाद श्रेष्ठको छोरा र कलेजको सिईओ कृष्ण घिमिरेको छोरीले मात्र परीक्षा दिएका थिए । उनीहरुलाई पास गराउन पर्छ भनेर नै कलेजले नै प्रश्न पत्र आउट गर्‍यो ।’

परीक्षा अगावै प्रश्नपत्र बाहिरीएपछि परीक्षा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले परीक्षा स्थलमा अवरोध गर्न पुगेका थिए । सो क्रममा आन्दोलनरत विद्यार्थी र प्रहरी बीच झडप समेत भएको थियो । आन्दोलनमा उत्रिएका केही विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुई जना मात्र परीक्षामा छैनन्– प्रिन्सिपल

गण्डकी मेडिकल कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर रविन्द्र प्रसाद श्रेष्ठले भने आफ्नो छोरा पनि परीक्षामा सामेल भएकाले परीक्षा सेन्टरमा आफु नरहेको बताए ।

उनले प्रश्नपत्र आउट नभएको र आन्दोलनरत विद्यार्थीहरुले परीक्षामा अवरोध गर्न लागेपछि केही समय विवाद भएको बताए ।‘विद्यार्थीहरुले जाँच रोक्न खोजेका थिए, तर परीक्षा रोकिएको छैन, चलिरहेको छ, मेरो छोरा पनि त्यही परीक्षामा भएकाले म परीक्षा सेन्टरमै गएको छैन, म बाहिर नै छु, मैले पाएको जानकारी अनुसार परीक्षामा डिस्टब गर्न खोजेका केही विद्यार्थीलाई पक्राउ गरिएको छ,’ प्रिन्सीपल श्रेष्ठले भने, ‘मेरो छोरा र सीईओको छोरा मात्र होइन अरु १८/१९ जना विद्यार्थी पनि छन् ।’

उनले प्रश्न पत्र आउट नभएको दावी गरे ।

‘कलेजसँग प्रश्न पत्र नै हुँदैन, कलेजले कसरी आउट गर्न सक्छ, यो परीक्षा कलेजले लिने होइन, जाँच लिन आइओएमबाट दुईजना आउँनुभएको छ,उहाँहरुले नै पेपर र प्रश्न लिएर आउने हो,’ प्रिन्सीपल श्रेष्ठले भने, ‘हाम्रो त्यहा केही रोल हुँदैन, हामीले सहजिकरण गर्ने मात्र हो, हामीले कसरी प्रश्नपत्र आउट गर्न सक्छौं ?, प्रश्न पत्र आउट नै भएको छैन ।’

तर आउट भएको प्रश्न पत्र भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले बाहिर बोकेर हिँडिरहेका छन् । यसबारे प्रश्न गर्दा प्रिन्सिपल श्रेष्ठले यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

चिकित्सा शास्त्र अध्ययन संस्थान ( आइओएम) ले आजदेखि एमबीबीएस प्रथम वर्षको परीक्षामा शुरु गरेको थियो । तर गण्डकी मेडिकल कलेजसहित, चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, जानकी मेडिकल कलेज, नेशनल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । यसअघि हिजो चितवन मेडिकल कलेजका विद्यार्थीहरुले परीक्षा बहिष्कार गर्दै प्रवेश पत्र समेत जलाएका थिए ।

गण्डकी मेडिकल कलेजले बढी विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गरेपछि बीडीएस प्रथम वर्षकाका विद्यार्थीहरूले बोर्ड परीक्षा दिएका छन् । गण्डकी मेडिकल कलेजले एमबीबीएस तथा बीडीएसका प्रथम र दोस्रो वर्षका विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गरेपछि विद्यार्थीहरूले बुधबारदेखि शुरू भएको बीडीएसको परीक्षा दिएका हुन् ।

विद्यार्थीहरुले सरकारले तोकेको भन्दा बढी शुल्क कलेजले लिएको भन्दै शुल्क फिर्ता नभएकोले परीक्षा बहिष्कार गरेको बताएका छन् ।

यो पनि पढ्नुहोस :- चिकित्साशास्त्र स्नातक तहको परीक्षा बहिष्कार, प्रश्नपत्र नै आउट

मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर