1478958692 banner ad format

 
 

विश्वमा करिब एक करोड पचास लाख जनसंख्या (नेपालको जनसंख्याको करिब आधा ) यस रोगबाट संक्रमित छन् । डब्लुएचओको तथ्याङ्क अनुसार नेपालमा करिब ८० हजार मानिसमा क्षयरोगका किटाणु रहेका मध्य प्रत्यक वर्ष ४४ हजार मानिसमा क्षयरोग देखापर्छ । नेपालमा क्षयरोगबाट मृत्यु हुनेको संख्या  ५ देखि ८ हजार छ । महिला भन्दा पुरुष क्षयरोगीको संख्या दोब्बर छ । नेपालमा प्रत्यक दिन करिब १ सय २० क्षयरोगका नयाँ बिरामीको पहिचान  हुन्छ २० रोगीको मृत्यु हुन्छ भने करिब २५ जना क्षयरोगका बिरामी  प्रत्यक दिन पहिचान  हुन बाट छुटिरहेका छन् । 

tuberculosis

यदि समयमै  उपचार नहुने हो भने करिब २२ हजार मानिसको आउने दुई वर्षमा क्षयरोगको कारण मृत्यु  हनेछ । नेपालमा डट्स कार्यक्रमको तल्लो  जनस्तरमा पहुँच र प्रभावकारीता बढाइएमा क्षयरोग बाट हुने मृत्युको संख्या ७५ प्रतिशतले घट्ने छ। 

नेपालमा राष्ट्रिय क्षयरोग केन्द्रले डट्स कार्यक्रम सन् १९९६ बाट शुरु गरेको हो । साथै सन् २००६ बाट क्षयरोग रोक्न प्रभावकारी कदम चालियो । सन् २०२५ बाट क्षयरोगको अन्त्य गर्ने अभियान् अन्तर्गत सन् २०१५ देखि २०३५सम्म क्षयरोगको नयाँ  रोगी ९० प्रतिशतले घटाउने लक्ष्य राष्ट्रिय क्षयरोग  केन्द्रको छ । सन् २०१५मा विश्वमा रहेका करीब १ करोड क्षयरोगी मध्य करीब १२ लाख बिरामी  एचआइभी  संक्रमित रहेको पाइएको छ । 

क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबर क्युलोसिस भन्ने किटाणुले शरिरिका विभिन्न अंग जस्तै फोक्सो, आन्द्रा, पेट, कलेजो, मुटु(पेरिकार्डियम), प्लुरा, मिर्गौला लिम्फ नोड, विभिन्न ग्रन्थीहरु आँखा, मेनिन्जेज हाडजोर्नी, ढाड, पाठेघर, कान, घाँटी, आदिमा संक्रमणबाट लाग्ने एक सरुवा रोग हो । यसलाई ट्युबरकल ब्यासिली भनिन्छ । नेपालमा भएका क्षयरोगी मध्य करीब ८० प्रतिशत  फोक्सोका रोगी छन्। 

प्रमुखतः बिरामीको खकार जेहेल नेल्सन स्टेन गरी माइक्रोस्कोपको साहायताले हेरेमा ट्युबरकल ब्यासिली रातो देखिन्छ। बिरामीले खोक्दा बिरामीबाट करिब ३ हजार ड्पलेट न्यूक्लाई खोकीबाट बाहिर निस्कन्छन् । बन्द कोठा, अध्यारो स्थान, भीडभाडमा यी ट्यूवरकल ब्यासिली अर्को व्यक्तिले सास लिँदासो व्यक्तिको फोक्सोमा प्रवेश गरी नयाँ रोगको सुरुवात हुन्छ। 

तसर्थ बस्ने कोठामा पर्याप्त भेन्टिलेसन र प्रर्याप्त सूर्यको प्रकाश पार्नु राम्रो हुन्छ । खकारमा ट्युबरकल ब्यासिली देखिएमा खकार स्मियर पोजिटिभ  भनिन्छ । यस्ता बिरामीबाट रोग सर्ने सम्भावना धेरै नै हुन्छ। 

स्वास्थ बिरामीको फोक्सो तथा अन्य अंगमा पनि ट्यूवरकल  ब्यासिली सुषुप्त  अवस्थामा रहेका हुन सक्छन् । तर, जब यी मानिसमा रोग प्रतिरोधात्मक शक्ति क्षीण भएर  जान्छन् । तब रोगको संक्रमण  र लक्षण  देखा  पर्न सक्छन् । एचआइभी  लागेका बिरामी, मधुमेह, मिर्गाैला रोग भएका बिरामी अत्याधिक मध्यपान, धुम्रपान  गर्ने मानिस आदिमा रोग प्रतिरोधात्मक शक्ति क्षीण  हुँदै जान्छन्।

क्षयरोगका बिरामीको उपचार गरिएन भने ५ वर्षमा ५० प्रतिशत बिरामीको मृत्यु  हुन्छ । २५ प्रतिशत बिरामी सधैं अस्वस्थ रही  अन्य स्वस्थ मानिसलाई रोग फैलाई रहेका हुन्छन् भने बाँकी  २५ प्रतिशत बिरामी जसको रोग प्रतिरोधात्मक शक्ति सबल छ । आफैं निको हुन सक्छ। 

ट्युबरकल ब्यासिलीको संक्रमण फोक्सो बाहेकका अन्य अंगमा भई रोग देखा परेमा एक्स्ट्रा प्लुमनरी क्षयरोग भनिन्छ । जस्तै प्लूरल इफ्यूजन, लिम्फ नोड, मेनिन्जाइटिस, सेरेबल ट्यूवर म्यूलोमा, पेरिकाडोइटिस र इफ्यूजन, पेटमा इलिओसिकल र पेरिटोनियल, हाड, जोर्नी, ढाड, महिला र पुरुषका जनइन्द्रीय, मिर्गौला, एड्रिनल ग्रन्थी छाला, आँखा, नाककान, घाँटी इत्यदि अंगमा एचआभी संक्रमण भएका ५० प्रतिशत  बिरामीमा कुनै पनि  समयमा क्षयरोगको संक्रमण हुन सक्छ।  मधुमेहका १५ प्रतिशत बिरामीमा कुनै पनि समयमा क्षयरोग देखा पर्न सक्छ।  

क्षयरोगका लक्षणहरु 
दुई हप्ता भन्दा बढी लगातार खोकी लाग्ने 
प्र्राय साँझ ज्वरो आउने 
खोकी खकार आउने 
खकारमा रगत देखा पर्न सक्छ 
शरीरको तौल घट्दै जाने 
अत्याधिक धुम्रपान गर्ने मानिसमा खकार बढी हुन सक्छ  
थकाई लाग्ने, कमजोरी महशुस हुने 
भोक नलाग्ने 
छाती दुख्ने, स्वाँ स्वाँ हुने, टाउको तथा शरीर दुख्ने
खोकी  बढ्दै जाँदा छाती घ्यार–घ्यार हुन सक्छ
साास फेर्न गाह्रो हुन सक्छ  

रोगको पहिचान
फोक्सोका क्षयरोगीका पहिचानका निम्ति छातीको एक्सरे, खकारको  दुईवटा नमूना माइक्रोस्कोपी परीक्षण गरिन्छ । बिरामीमा क्षयरोग  औषधि प्रतिरोधको शंका भएमा खकार जाँच गरिन्छ । एक्स्ट्रा पल्मोनरी क्षयरोगका निम्ति खकारका साथै अंग रोग अनुसाकै परीक्षण गरिन्छ । विभिन्न अंगका भिडियो एक्सरे, सिटिस्क्यान आदिबाट पनि रोग पहिचानमा सहयोग पुग्दछ। 

क्षयरोगको औषधि उपचार 
क्षयरोग समयमै पहिचान भई औषधि उपचार गरिएमा पूर्णतया  निको हुने रोग हो । नेपालमा १९९६ देखिनै नेपालभरि प्रत्यक्ष निगरानीमा बिरामीले सम्पूर्ण स्वास्थ्य संस्थाबाट निशुल्क उपचार गरिने ब्यवस्था छ । नेपाल सरकारले  धेरै वर्षदेखि बिरामीलाई निःशुल्क औषधि  वितरण गरे पनि नेपालमा डट्स कार्यक्रम सन् १९९६ बाट शुरु भएको  हो । डट्स कार्यक्रम अन्तरगत बिरामीले नेपालभरिका स्वास्थ्य संस्थाबाट  ६ देखी १२ महिनासम्मका निःशुल्क औषधि उपलब्ध छन् । क्षयरोग औषधि प्रतिरोधी भएका बिरामी वा सोभन्दा  बढी समय औषधी उपलब्ध गराइन्छ। 

डट्स कार्यक्रम उद्देश्य 
बिरामीको रोग निको पारी बिरामीको जीवन स्तर ममुन्नत बनाउने 
क्षयरोगको  मृत्युदर घटाउने साथै बिरामीमा क्षयरोगबाट हुने क्षति तथा असर घटाउने ।
क्षयरोग बिग्रने सम्भावना घटाउने 
क्षयरोग औषधी प्रतिरोधको सम्भावना घटाउने । 
क्षयरोग अन्य स्वस्थ मानिसमा सर्ने सम्भावना घटाउने । 

क्षयरोगको रोकथाम 
१ क्षयरोग बिरामीको समयमै पहिचान  र उपचार 
उपचारको प्रभावकारी व्यवस्थापन 
एचआइभी, मधुमेह जस्ता रोगका समयमै पहिचान  र उपचार 
कुपोषणको पहिचान  र नियन्त्रण 
समाजमा धुम्रपान र मध्यपान  रोक्नका निम्ति जनचेतना मुलक कार्यक्रम 

२ वातावरणीय नियन्त्रण 
बस्ने घरमा उपयूक्त झ्याल र भेन्टिलेसनको व्यवस्था 
घरका कोठामा सूर्यको किरणले यथेष्ट मात्रमा प्रवेश पाउनु पर्छ । सूर्यको प्रकाशमा रहेको अल्टाभाइलेट लाइटले क्षयरोगका किटाणु मार्न सहयोग गर्दछ । 
अस्पतालका प्रयोगशाला जहाँ खकार संकलन र परीक्षण गरिन्छ, त्यहाँ खकार ढोका बन्द  र झ्याल खुल्ला  रहनु पर्दछ । 
मुखमा लागाउने  मास्कले क्षयरोगका किटाणुबाट बच्न सहयोग गर्दछ । 

३ बिरामीलाई शिक्षा 
क्षयरोगका बिरामीलाई रोगको बारेमा र यसको फैलने परिका बारेमा ज्ञान दिनु उपयुक्त हुन्छ । खोक्दा  रुमालले मुख छोप्ने, खकार बिर्को भएको भाँडोमा फाल्ने, चिकित्सकले बिरामीको परिक्षण गरिरहँदा टाउको अन्यन्त्र मोड्ने आदि ।
क्षयरोगका बिरामीलाई अस्पताल भर्ना गरिँदा आइसोलेसन वा वार्डमा भर्ना गरिनु उपयुक्त हुन्छ । 
एचआभी, मधुमेह, मिर्गाैला रोग  र अत्याधिक मध्यपान गर्ने मानिसले क्षयरोगको नियमित परिक्षण गर्नुपर्छ  ।
बालबालीकालाई अनिवार्य बीसीजी खोप लगाउनुपर्छ । स्वास्थ्य खबर 

प्रकासित मिति

Loading...

 

yummyfood