1478958692 banner ad format

 
 

काठमाडौँ - बाइकको चक्काले खुट्टामा काट्दा अमलाचौर नगरपालिका– १२ बाग्लुङका टीकाराम पौडेललाई सामान्य चोट हो भन्ने लाग्यो । नजिकैको अमलाचौर स्वास्थ्य चौकीमा जाँदा चिकित्सकले १३ वटा टाँका लगाइदिए तर लगाउनैपर्ने टिटानसको सुई भने नभएको भन्दै लगाइएन । 

tuberculosi

स्वास्थ्य चौकीमा टिनानसको सुई नभएपछि पौडेलले अन्यत्र स्वास्थ्य संस्थामा गई सुई लाउने पनि सोच्नु भएन । त्यसको असर तीन दिन नबित्दै देखिन थाल्यो । घटना वैशाख १५ गतेको थियो । असर भने १८ गतेबाटै देखिन थालेको थियो । ज्वरो आउने, मुख बांगो हुने, बाउन नमिल्ने, हातखुट्टा कक्क्रक्क परेर चलमलाउनै नमिल्ने भएपछि परिवारले उनलाई पोखरास्थित अञ्चल अस्पतालमा पु¥यायो तर बीसको उन्नाइस भएन । 

उनलाई वैशाख २० गते काठमाडाँैको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइयो । त्यहाँ ल्याएपछि टिटानस अर्थात् धनुष्टंकार भएको पुष्टि भयो । त्यहाँ सघन कक्ष नहुँदा उपचार नहुने भएपछि वैशाख २१ गते पाटन अस्पतालमा पठाइयो । त्यहाँ सघन उपचार कक्षको शय्या नं ५ मा भेन्टिलेटर लगाई उपचार भइरहेको छ । 

टिनानस टि ‘कष्ट्रिडियम’ नामक ब्याक्टेरियाबाट व्यक्तिमा सङ्क्रमण हुन्छ । मानिसलाई कतै चोटपटक लाग्यो, काट्यो भने माटो, खिया लागेको फलाम, जनावरको मलमूत्रबाट यो ब्याक्टेरिया सजिलै मानिसमा सर्ने चिकित्सकको भनाइ छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा पुन टिटानस सङ्क्रमण भएको लक्षण जति छिटो देखियो त्यति नै छिटो मृत्यु हुने सम्भावना भएको बताउछन् । उनले भने, “हुनतः निर्माण उद्योग, खेतबारीमा काम गर्ने व्यक्तिलाई चोट पटक लागिरहने भएकाले यसको जोखिम बढी हुन्छ, अरुलाई पनि चोटपटक लाग्दा तुरुन्तै कि २४ घण्टाभित्र टिटानसको सुई लगाइहाल्नुपर्छ ।” 

संक्रमणको तीन हप्तामै यसको लक्षण देखा परिसक्छ । बच्चामा लगाएको टिटी खोपले उमेर बढ्दै जाँदा कम काम गर्ने भएकाले चोट लाग्नेबित्तिकै टिटी सुई लाउनैपर्छ । समयमै टिटी खोप लगाउन नपाइएपछि बुबाको अवस्था गम्भीर भएको उनका छोरा रामले बताए । उपचारका क्रममा करिब रु २० लाख बढी औषधिमै सकिएको उनले बताए । 
“हामीले अस्पतालमा आर्थिक क्षमता कम भएकाका लागि अस्पतालमा १० प्रतिशत श्यया निःशुल्क हुन्छ भन्ने सुनेका थियौँ तर यहाँ आउँदा सघन उपचार कक्षमा यस्तो सुविधा छैन भन्ने जवाफ आयो”, पौडेलले भने, “सबै पैसा तीन महिना बुबाको उपचारमा सकियो, अब बाँकी उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको छ । ” अब सरकारलाई सहयोग गरिदिन बिरामीको ज्यान बचाइदिन उनका आफन्त आनन्द गौतमले बताए । उपचारमा सहयोग गर्न प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागलगायत सबैतिर धाउँदा पनि कुनै सहयोग नपाएको गौतमको दुखेसो छ । 

पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले बिरामीको सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेकाले महँगो परेको बताए । “निःशुल्क गर्ने विषयमा मैले आफ्नो टिमसँग छलफल गर्नुपर्छ, अस्पतालले आफैँ आम्दानी गरी चल्नुपर्ने भएकाले एकै जनालाई धेरै ठूलो रकम निःशुल्क गर्न पनि समस्या हुन्छ तर मन्त्रालयले केही पहल गरिदियो भने सजिलो हुन्छ”, उनले भने ।

प्रकासित मिति

Loading...

 

yummyfood