annapurna add

IMG 20200924 124224 150

प्यूठान जिल्ला माण्डवी गाउँपालिका -३ नयागाउँ निवासी बोम बहादुर नेपालीका ४ वर्षको छाेरा कविर नेपाली विगत लामो समय देखि टाउकोमा मासु पलाएको (ट्युमर) रोगका कारण थलिएका छन् ।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकालेे उनको उपचार रोकिएको छ र उनी मृत्युु संग लडिरहेका छन् गाउँमा खेतीपाती मजदुरी गरेर दैनिकी गुजारिरहेको बोम बहादुरको परिवारलाई कुविर नेपालीको उपचारको लागि आर्थिक अभाव हुदा हस्पिटलबाट लिएर घरमा भगवानको भरोसामा राखिएको बताए ।

सुरुमा बच्चालाई समस्या देखिपछी जिल्ला अस्पताल प्युठान, बुटवलको आम्दा हस्पिटल, काठमाडौंको टिचिङ हस्पिटल, लखनउको विभिन्न हस्पिटल सम्म पुराईएपछि बल्ल रोगको पहिचान भएको र पहिचान भएपनि आर्थिक नहुदा बालक उपचारबाट बञ्चित भएका छन् ।

कतैबाट आर्थिक जुटे उनको शल्यक्रिया गरि बालकलाई नयाँ जीवन दिन सकिने डाक्टरहरूले बताउँछन् ।

पीडित परिवारले सबै सामु आफ्नो छोराको जीवन रक्षा गर्दिन माग गरेका छन् । साथै उनीहरूले सहयोगी मनहरूलाई आफूले सकेको सहयोग गरिदिए आफ्नो बच्चाको ज्यान जोगिने आशा व्यक्त गरेका छन भने सहयोगीको निम्ति अनुरोध समेत गरेका छन् ।

सहयोगका लागि बुवा बोम बहादुर नेपाली मोबाइल नम्बर : ९८४९०१८६२० रहेको छ । दाङ्गसंदेश !

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...