udaypaur

आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनकि श्रीमतीको मृत्यु भइसके पनि अझै बेपत्ता छन् ।

जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्से लगेका थिए ।
श्रीमतीको रगतमा हेमोग्लोबिन कम भई प्रसूति गराउन खतरा रहेकाले जिल्ला बाहिर लान अथवा छिटो रगत लिएर आउन चिकित्सकले सल्लाह दिएपछि खर्च खोज्न हिँडेका बुढाथोकी अझैसम्म नआएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विजय मेहताले बताए ।

बुढाथोकी र निजका आफन्तको खोजीमा प्रहरी र अस्पतालका सबै कर्मचारी लागेको अस्पतालका कर्मचारी बताउँछन् । आइतबार बेलुकी मात्र मृतक खोटाङ जिल्ला दिक्तेल मझुवागढी रुपाकोट नगरपालिका दिक्तेलका टङ्कप्रसाद आचार्यकी छोरी भएको खुलेको छ ।

गाईघाट डिएम गेटका कृष्ण राईका अनुसार अनुसार सो दम्पती त्रियुगा नगरपालिका १२ डिएमगेटको एक घरमा डेरा लिएर बस्दै आएको थियो । भागी बिहे गरेको र श्रीमान्ले श्रीमतीलाई कोठामा राखेर श्रीमान् अन्यत्र बस्ने गरेका कारण स्थानीय छिमेकीले समेत दुवैका बारेमा राम्ररी जानकारी नभएको बताउँछन् ।

नाम थर ठेगानासमेत लुकाएर दुवै गाईघाट बस्दै आएका थिए । प्रेम बुढाथोकी बताउनेले आफ्नो नाम थर र ठेगाना ढाँट्ने गरेका कारण सबै कुरा खुल्न नसकेको डिएमगेटका बासिन्दाको भनाइ छ । मृतक सुस्मिता भनिने सुष्मा आचार्य भने टङ्प्रसादकी छोरी भएको खुल्न आएको कारण उनका बुबालाई खबर गरेर बोलाइएको जिल्ला अस्पतालका प्रमुख डा मेहताले बताए ।

दुई किलो ट्युमर झिकियो

भक्तपुर क्यान्सर अस्पतालको चिकित्सकको टोलीले जटिल मानिएको घाटीको पछिल्लो भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको छ। अस्पतालका न्यूरो सर्जन डा. राजीव शाहको नेतृत्वमा २५ वर्षीया महिलाको घाटीको पछिल्लो भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको हो।

उपचारको लागि सात महिनासम्म विभिन्न अस्पतालमा भौंतारिएकी उनी गएको साता भक्तपुर क्यान्सर अस्पतालमा आएको डा। शाहले जानकारी दिए। अस्पतालको अन्तरंग विभागमा आएकी उनको स्वास्थ्य परीक्षणको क्रममा उक्त ट्युमर अति रक्तस्राब हुने अवस्थामा रहेको उनको भनाइ थियो। डा. शाहले करिब पाँच घन्टा लगाएर उक्त ट्युमरको सफल शल्यक्रिया गरिएको बताए। शल्यक्रियामा न्यूरो विभागका डा। शाहसँगै डा। विशाल पोखरेल, टाउको तथा घाटी विभागका डा। विवेक खनाल, डा। रिजेन्द्र योगोल र एनेस्थेसिया विभागका डा। दीपेश धितालसहित नर्सहरुको टोली सहभागी भएको अस्पतालले जनाएको छ। शल्यक्रिया बिरामीको अवस्था अहिले स्थिर रहेको न्यूरो सर्जन डा। शाहले जानकारी दिए। ‘शल्यक्रियापछि दुईदिन आईसीयूमा राखेर उपचार गरेका थियौं’, उनले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेकाले सामान्य वार्डमा सारेका छौं।’

उनका अनुसार शल्यक्रिया गरेर निकालिएको ट्युमरको नमुना परीक्षणको लागि प्रयोगशाला पठाइएको छ। उक्त परीक्षणको रिपोर्टको आधारमा क्यान्सर भए नभएको पुष्टि हुने उनको भनाइ थियो। क्यान्सर पुष्टि भए सोहीअनुसार उपचार गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।
अन्नपूर्ण पोष्ट्

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...