1478958692 banner ad format

 
 

एजेन्सी । केही मानिसहरु आफ्नो अण्डरवेर लामो समयसम्म पनि फेर्दैनन् । कारण उनीहरुलाई यसका नकरात्मक प्रभावहरु थाह नभएर पनि हुनसक्छ । केही असामान्य परिस्थिती बाहेक सामान्यतय अण्डरवेर नफेर्दा यसबाट हुनसक्ने धेरै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ ।

underware

लामो समयसम्म अण्डरवेर परिवर्तन नगर्दा अण्डरवेरमा व्याक्टेरिया जम्मा हुनसक्छ । जसका कारण छाला चिलाउने समस्या आउनुका साथै विभिन्न स्वास्थ्य चूनौती पनि देखिन सक्छ ।

त्यस्तै चिलाउने समस्याका कारण छालामा क्षत्री पुग्न गई चर्याउने समस्या पनि देखिनसक्छ ।

अण्डरवेरमा हुने ब्याक्टेरियाले छोटो समयमा नै दुर्गन्ध निकाल्न सुरु गर्छ, जसका कारण तपाईंको व्यक्तित्वमा पनि आँच आउन सक्छ भने ब्याक्टेरियाका कारण तपाईंमा जटिल स्वास्थ्य समस्याहरु पनि देखिन सक्छन् ।


त्यस्तै अण्डरवेरमा रहेका व्याक्टेरिया छिटो फैलने हुन्छ । कारण यसमा हुने ओसिलोपन । यसका कारण तपाईंको लिंग वा योनीमा संक्रमणको खतरा रहन्छ ।


त्यसैले आफ्नो आवश्यक्ता अनुसार जतिसक्दो चाँडै अण्डरवेर परिवर्तन गर्ने बानी बसाल्नुहोस् र स्वस्थ रहनुहोस् ।

प्रकासित मिति

Loading...

 

yummyfood