tealaya add

TU building kantipathnews

काठमाडौं,  । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं सांसद भीम रावलले त्रिभुवन विश्वविद्यालय गाईवस्तु बाध्ने गोठ हो ? भन्दै शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई प्रश्न गरेका छन् । 

cow dunk tu kantipathnewsसंसद वैठकमा आफ्ना धारणा राख्दै उनले त्रिभुवन विश्वविद्यालयको अवस्था अत्यन्तै नाजूक र निरीह रहेका बताए । रावलले ज्ञानको केन्द्र बन्नुपर्ने स्थान कुन गतिमा मिल्क्याइएकोछ हेर्न शिक्षा मन्त्रीको ध्यानाकर्षण गराए । 

‘हाम्रो शिक्षा प्रणाली कता जाँदैछ ? दुःखद अवस्था छ । विश्वविद्यालय लथालिंग भएको छ । त्रिभुवन विश्वविद्यालय गाईवस्तु बाध्ने गोठ हो ?’ उनले प्रश्न गरे ।कुनै विदेशी आएर आम्रो विश्वविद्यालय भ्रमण गरे भने के सन्देश लिएर जालान् ? कस्ले, कसरी सुधार्ने हो ?’ शिक्षा मन्त्रीलाई अगाडी राख्दै उनले भने तत्काल ध्यान दिनोस् । 

tu cow dunk kantipathnews
बजेटले राष्ट्रिय अर्थतन्त्र निर्माणमा ध्यान दिनसक्नुपर्ने भन्दै सोही बमोजिमको प्राथमिकता र कार्यान्वयन आजको आवश्यकता रहेको रावलको भनाइ थियो । उनले वैदेशिक सहयोग स्वीकार्ने नाममा तिनका स्वार्थ लाद्ने विषय स्वीकार्य हुन नसक्ने पनि बताए ।विकास आयोजनामा गरिएका लगानी बालुवामा पानी जस्तो होला भन्दै ती आयोजना अनुगमन र मल्यांकनका नाममा अरबौं रुपैयाँ सकाउने तर काम नगर्नेलाई कुनै कार्वाही नहुने ? रावलको प्रश्न थियो । आठ दश वर्षदेखि आयोजना ओटेर बसिरहने तर कुनै मूल्यांकन र कार्वाही नहुने हो भने के सन्देश जान्छ उनको अर्थमन्त्रीलाई प्रश्न थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...