tealaya add

water

पानी नै औषधि हो। पानी रोगहरूको शत्रु हो। पानीले रोग नाश गर्दछ। भाइबहिनी हो ! पानी हाम्रो शरीरका लागि अति आवश्यक घटक हो। हाम्रो शरीरमा ५० देखि ७० प्रतिशत भाग पानी हुन्छ। शरीरभित्रका हरेक क्रिया सञ्चालन हुन पानी चाहिन्छ। त्यसैले हाम्रो स्वास्थ्य र पानीको गहिरो सम्बन्ध छ। जसरी पृथ्वीमा उम्रेका बोटविरुवा, वनस्पति आदि पानी नपाउँदा ओइलाउन थाल्छन्। त्यसैगरी हाम्रो शरीरमा पनि पानीको कमी हुँदा विभिन्न समस्या आउँछ। त्यसैले पानी नियमित पिउनु पर्छ।

पानी
पानी हाइड्रोजन २ भाग र अक्सिजन एक भाग मिलेर बनेको तरल पदार्थ हो। पानी विना जिउन गाह्रो हुन्छ। हामीलाई सरसफाइ गर्न, खान, पिउन, र लुगा धुन पानी चाहिन्छ। पानीले शरीरलाई शीतल गराउँछ। शरीरलाई स्वस्थ र ऊर्जाशील बनाउँछ। पानीले शरीरमा आउने स्वास्थ्य समस्याबाट बचाउन सहयोग गर्छ। शरीरलाई शीतल बनाउन र पुनः जागृत गराउन पानी आवश्यक पर्छ।

 

अचेल मानिस पानीको सट्टा अरू तरल पदार्थहरू चिया, कफी, चिसो पेय पिउने गर्छन्। पानीको कमी अरू तरल पदार्थले पूरा गर्न सक्दैन। सादा पानी अमृत समान हुन्छ।

पानी किन ?
– पाचन प्रक्रियालाई सहज रूपले अघि बढाउन पानी आवश्यक पर्छ।  
– पौष्टिक तत्व र अक्सिजनलाई शरीरका सबै कोषमा पु¥याउन पानीले मदत गर्छ।
– शरीरको तापक्रम अर्थात् रक्तचापलाई शरीरको नियमानुसार सन्तुलन राख्न मदत गर्छ।
– सम्पूर्ण प्रणालीको काम भएपछि शरीरमा रहेका हानिकारक तत्वहरू र फोहरलाई बाहिर फाल्न मदत गर्छ।

त्यसैले शरीर सञ्चालनका लागि चाहिने पानी ठिक समय र ठिक तरीकाले पिउनु पर्छ। पानीको कमीले शरीरमा धेरै समस्या आउँछ। हाम्रो शरीर हरेक क्षण हामीसँग बोलिरहेको हुन्छ। तर हामीले शरीरको संकेतलाई ध्यान दिइरहेका हुँदैनौं। शरीरमा पानीको कमी भएमा पनि शरीरले हामीलाई संकेत गर्छ।  
पानी कमी हुँदा शरीरले दिन संकेतहरू 

 

शरीरमा पानीको कमीले टाउको दुख्ने, कब्जियत हुने, शरीर गल्ने, अरुचि हुने, निन्द्रा नलाग्ने, मांसपेसी बाउँडिने लगायतका समस्या उत्पन्न हुन्छ।

टाउको दुख्नु–टाउको दुख्नु भनेको शरीरले पानी कमी भयो भनेर संकेत गर्नु हो। तर हामी हाम्रो शरीरको भाषा नबुझी चाहिने नचाहिने औषधि सेवन गर्छौ। टाउको दुख्दा पानी ठिक तरिकाले पिउनुपर्छ।

कब्जियत हुनु–अहिले अधिकांश मानिसको समस्या कब्जियत छ। हामीले खाएको खाना सजिलैसँग पाचन हुन पानीको आवश्यक हुन्छ। पानीको कमीले पाचन प्रक्रिया ठिक ढंगले संचालन हुन सक्दैन र खाएको खाना अपच भई कब्जियत हुन्छ। कब्जियत हुनेहरूले पानीको नियम राम्रोसँग पालना गर्नुपर्छ। कब्जियतले नै अरू स्वास्थ्य समस्या आउने गर्छ।

थकान– पानीको कमीले रंक्तसंचारमा कमी भई शरीर थाक्ने र गल्ने हुन्छ।

अरुचि– पानीको कमीले शरीरमा आन्तरिक गर्मी बढेर खानामा अरुचि गराउँछ।
छाला रूखो– छालाको सुन्दरताका लागि पानी निकै आवश्यक पर्छ। पानीले शरीरमा रहेका फोहर सफा गरी रगत शुद्ध पार्छ र छालालाई चम्किलो बनाउँछ। पानीको कमीले छाला सुक्खा हुने, ओठ सुक्ने, धेरै प्यास लाग्ने र मुख छिनछिनमा सुक्ने हुन्छ।

अनिद्रा – शरीरमा पानी कमी भएपछि गर्मी बढ्छ। त्यसैले अनिद्रा हुन्छ त्यसैगरी पानीको कमीले आँखा, छाती र घाँटी पोल्ने हुन्छ। पानीको गुण शीतल गराउने हो। आँखा, छाती र घाँटी पोल्दा पानी नियमित पिउनु पर्छ।

मांसपेसी बाउँडिनु– शरीरमा पानी कमी भएपछि रक्तसंचार ठिकसँग हुन पाउँदैन र मासु बाउँडिने समस्या आउँछ।

मन चञ्चल हुनु– पानीको कमीले शरीरमा गर्मी बढ्छ। मुटुको धड्कन बढाउँछ र मन चञ्चल गराउँछ। मन चञ्चल भएपछि कहाँ जाऊँ के गरूँ हुन्छ।

रिँगटा लाग्नु– पानीको कमीले शरीरमा एसिडिटी बढाई रिँगटा लाग्ने, वाकवाक लाग्ने, मेमोरी क्षण हुने र अल्छीपन बढ्ने हुन्छ।

तर अचेल मानिस पानीको सट्टा अरू तरल पदार्थहरू चिया, कफी, चिसो पेय पिउने गर्छन्। पानीको कमी अरू तरल पदार्थले पूरा गर्न सक्दैन। सादा पानी अमृत समान हुन्छ।  

चिया/कफी–सभ्यताको नाममा चिया, कफी, ग्रिनटी आदिलाई पानीको रूपमा लिने चलन छ। चिया, कफी जस्ता चिजमा अम्लीयपन बढी हुने र शरीरमा गर्मी बढाउने काम गर्छ। गर्मी मौसममा त झन् यसले दोहोरो गर्मी बढाउँछ। गर्मी बढेपछि टाउको दुख्ने, अनिद्रा हुने, चिढचिढापन आउने जस्ता विभिन्न समस्या देखापर्छ।  
चिसो पेयपदार्थ–बजारमा पाइने चिसो पेयपदार्थहरू कोक, फेन्टा, रियल जुस जस्ता चिजहरूलाई पनि पानीको रूपमा पिउने गरिन्छ। यस्ता चिज पिउँदा केही बेरका लागि जिब्रो र शरीरलाई शीतल गराउँछ। तर त्यस्ता चिजमा चिनी र रसायन बढी हुने हुनाले स्वास्थ्यलाई राम्रो गर्दैन। धेरै चिनीले हाडजोर्नी कमजोर गराउँछ र अरू समस्या आउँछ।

दूध, दही, मही–पानीको सट्टामा यी चिज प्रयोग गर्ने चलन छ। यी चिजमा चिल्लोको मात्रा बढी हुने र पाचन हुन गाह्रो हुने हुँदा पानीको रूपमा प्रयोग गर्नु हुँदैन। आफ्नो स्वास्थ्यको अवस्था हेरेर मात्रै पानी पिउनु पर्छ। त्यसैले स्वस्थ रहन सादा पानी नै बेस हुन्छ।

पानी कति पिउने–सामान्यतः वयस्क मानिसलाई दैनिक ३ देखि ४ लिटरसम्म पानी चाहिन्छ भने बालबालिकालाई १ देखि २ लिटर। तर ठाउँको तापक्रमअनुसार पानीको मात्रा घटबढ हुन सक्छ। मानिसको परिश्रम र कामको ढाँचा हेरेर पनि पानीको आवश्यकता घटबढ हुन्छ। धेरै पसिना निस्कने गरी काम गरेमा पानी त्यही अनुरूपले पिउनु पर्छ।

तातो कि चिसो–पानी सादा चिसो नै लाभदायक हुन्छ। तर स्वास्थ्य समस्या र तापक्रम हेरी मन तातो र चिसो पानी प्रयोग गर्न सकिन्छ। पेट दुखेको, रुघाखोकी लागेको र ग्याँस बढेको अवस्थामा तातो पानीले फाइदा गर्छ भने अन्य अवस्थामा प्राकृतिक चिसो पानी उपयुक्त हुन्छ। ध्यान दिनु पर्ने कुरा फ्रिजको पानी नपिउने। त्यसैगरी धेरै तातो पानी नपिउने। पोल्ने पानीले कब्जियत गराउँछ।

पिउने कसरी–पानी तिर्खा लाग्दा मात्र होइन, हरेक घन्टाघन्टामा पिउनु पर्छ। शरीरलाई पानी चाहिन्छ तर पानी ठिक तरीकाले पिएन भने हानि गर्छ। पानी धेरै पनि पिउनु हुँदैन भने कम पनि हुनु हुँदैन। पानी कसरी र कति पटक पिउने भनेर प्रकृतिप्रेमी समूह, निरोगधामले उचित विधि ल्याएको छ। पानीको उचित प्रयोगले मात्र पनि धेरै स्वास्थ्य समस्या रोकथाम गर्न र धेरै समस्याबाट मक्त हुन सकिन्छ।

भाइबहिनी हो, अहिलेको मौसम अत्यधिक गर्मी छ। गर्मीमा शरीरले अरू बेलामा भन्दा धेरै पानी खपत गर्छ। गर्मीमा पसिना धेरै निस्कने हुँदा पानी धेरै चाहिन्छ। त्यसैगरी समय, अवस्था र स्थानअनुसार पानी मिलाएर पिउनु पर्छ। पानीको कमीले धेरै बालबालिका विरामी भएर अस्पताल पुगेका छन्। त्यसैले स्वस्थ हुन नियमित पानी पिऔं। स्कुलमा पनि शिक्षक शिक्षिकाले बालबालिकालाई पानी पिउने प्रेरणा दिऔं। आफूले पनि पिउने बानी गरौं।

भर्खर जन्मेका शिशु र दूधे बालकलाई पनि पानी आवश्यक पर्छ। हामी शिशुहरूलाई आमाको दूध बढी पिलाउन जोड गर्छौं। दूध मात्र खुवाएमा शिशुहरूमा कब्जियत हुने गर्छ। त्यसैले आमाको दूध खुवाएपछि एकएक घण्टामा थोरैथोरै मन तातो पानी चम्चामा राखी पिलाउनु पर्छ।


हुर्कंदो उमेरका बालबालिकामा पानीको आवश्यकता बढी हुन्छ। बच्चाहरू  बढी खेल्ने, दौडधुप गर्ने हुनाले पसिना बढी आउँछ। जति पसिना आउँछ त्यति नै पानी आवश्यक हुन्छ। त्यसैले स्कूल पठाउँदा कम्तीमा १ लिटर पानी अनिवार्य पठाउने गरौं। स्कूलमा पनि ब्रेक टाइम र एकएक घन्टामा पानी पिलाउने जसले गर्दा शरीरमा पानीको कमी हुन दिँदैन र डिहाइड्रेसन हुनबाट बचाउँछ। ध्यान दिनुपर्ने कुरा– शरीर सुन्निएको अवस्थामा, किड्नी समस्या र अन्य चर्को समस्या भएकाले भने परामर्शअनुसार मात्र पानीको मात्रा मिलाउने।  (महर्जन प्रकृतिप्रेमी समूहमा आबद्ध छिन्।)

निरोगधाम पानी पिउने विधि
बिहान उठ्नेबित्तिकै खाली पेटमा ३ देखि ४ गिलास करिब १ लिटर पानी पिउने। यसले आन्द्रामा जमेका फोहर मललाई निष्कासन गर्छ। बालबालिकाले भने उमेर र आकार हेरेर १ गिलासदेखि २ गिलाससम्म पिउने, १२ वर्षभन्दा माथिकाले ४ गिलास पिउने।

हामीले कुनै पनि ठोस आहारसँग पानी पिउनु हुँदैन। ठोस आहारसँगै पानी पिएमा पाचन प्रक्रियालाई चाहिने ¥याल पातलो भई पाचन अवरोध हुन्छ र अपच भई कब्जियत हुन्छ। त्यसैले हरेक ठोस आहार र पानीको अन्तर करिब ३० मिनेटदेखि १ घण्टा राख्ने।

दिउँसो–दिउँसो प्रत्येक घण्टा १/१ गिलास पानी पिइरहने। दिन लामो वा छोटो हेरेर साँझ ५ या ६ बजेसम्म पिउने। बेलुकी–बेलुकी खाना खाएको करिब १ घण्टापछि एक गिलास मन तातो पानी पिएर सुत्ने।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...