annapurna add

music

सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो ।

यसले हाम्रो स्वास्थ्यमा मात्र नभई जीवनशैलीलाई नै आनन्ददायी र सुखमय बनाएर जीवनलाई सरल र स्वस्थ बनाउने आयुर्वेदाचार्य हेमकुमारी आचार्यले जानकारी दिइन्न्  । उनले भनिन् , ‘‘गन्धर्व वेदअनुसार सङ्गीतमा सात स्वर हुन्छन् । यिनै सात स्वरको सम्मिश्रणबाट सबै प्रकारका रागको निर्माण हुन्छ । यसबाट शरीर र मन स्वस्थ रहन्छ । यी सात स्वरमा सा, रे, ग, म, प, ध, नि पर्छन् ।’’
छिँडीभरि साना–ठूला ‘सिङ्गिङ बाउल’ छरिएका छन् । सँगैको बन्द कोठाभित्रबाट बेलाबेला मधुर गुञ्जन सुनिन्छ । शान्तरत्न शाक्य बेला बेला हातको ड्रम स्टिकले महिलाको वरिपरि राखिएको कचौरामा हिर्काउँदै ध्वनि निकालिरहेका थियो ।

बौद्धका शाक्यले यसलाई ‘सिङ्गिङ बल’ थेरापी भनिने जानकारी दिईन् । यस्तो उपचारबाट उच्च रक्तचाप, डिप्रेसन, माइग्रेन, हाडजोर्नी दुखाइका साथै विशेषतः कान बज्ने रोगमा प्रभावकारी हुन्छ । नौ वर्षको उमेरमा शाक्यले बाजेबाट सिकेर उपचार पद्धति थालेको ३७ वर्ष भइसक्यो । उनी भन्छन् , ‘‘यो झन्डै १८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीले अलिकति विश्वास लिए निको हुन्छ ।’’

उनले सङ्गीत चिकित्साको प्रयोगबाट टाउकाको दुखाइ, रुघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुने जानकारी दिईन् । यस चिकित्साका माध्यमबाट पिट्युटरी ग्रन्थी उत्प्रेरित गर्न सकिने भएकाले शरीरका कोषिकामा हुने कम्पनले बिरामीको समस्यामा सुधार ल्याउँछ ।

सङ्गीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रुचिअनुसारको सङ्गीत सुनाएर दुवै खाले शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिने शाक्यले बताईन्  ।

विगत आठ वर्षदेखि म्युजिक थेरापी गरिरहेकी आयुर्वेद चिकित्सक डा. रुवी बज्राचार्य भन्छिन्, ‘‘यस प्रकारको थेरापीले उच्च रक्तचाप, मधुमेह, उदासी रोग (डिप्रेसन), एन्जाइटी न्युरोसिस, इमोसनल ट्रमा, स्पिरिचुअल ट्रमा, माइस्थेनिया ग्रेविस, मल्टिपल स्केलोरोसिस, क्रोनिक फटिक सिन्ड्रोम, फाइब्रोमा एल्जिया(लगायतका थुप्रै शारीरिक समस्यामा प्रभावकारी हुन्छ ।’’

उनले गीत सङ्गीतले तपाईंलाई रोगबाट निको हुन मात्र मद्दत गर्दैन । यसले स्वस्थ रहनसमेत सघाउने बताईन्  । ‘‘राति सुत्ने बेलामा राग सुन्नुभयो भने निद्रा राम्रो आउँछ, तनाव हट्छ, राग जौनपुरीले एसिडिटी (अम्लता) व्यवस्थित गर्छ, राग कल्याणीले मुटुको स्याहार गर्छ ।’’

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका डा. अमितमान जोशीका अनुसार, सङ्गीतले न्युरोन इलेक्ट्रिक इम्पल्स शरीरको विभिन्न भागमा पठाएर मस्तिष्कलाई सक्रिय गर्छ ।
चिकित्सा इतिहासमा उल्लेख भएअनुसार प्राचीन मिश्रमा सङ्गीतद्वारा मानसिक अस्वस्थताको उपचार गरिन्थ्यो ।

आयुर्वेदका अनुसार दोष एवम् धातुको सन्तुलन बिग्रिने स्थितिमा नै शरीरमा रोग उत्पन्न हुन्छ । कुनै पनि चिकित्सा पद्धतिले यसैलाई सन्तुलित गर्छ । सङ्गीत यसमा बढी उपयोगी छ । जोशीका अनुसार, मानिसभित्र रहेका सातवटा चक्रहरूमा रागले फरक फरक प्रभाव पार्छ । शल्यक्रियापछि आनन्द भैरवी रागको उपयोग गर्दा दुखाइ नाशक औषधिको उपयोगमा ५० प्रतिशतले कमी आएको अनुसन्धानहरूले देखाएको उल्लेख गर्दै उनले लयबद्ध रूपमा गरिएको मन्त्रोच्चारणसमेत सङ्गीत चिकित्साजस्तै प्रभावकारी देखिएको जानकारी दिए । सङ्गीत चिकित्सासँगै सम्पूर्ण शरीरको मसाज, टाउकोको मसाजलगायतका विभिन्न आयुर्र्वेदिक प्रक्रियाहरू थप प्रभावकारी देखिएको छ ।

के हो सङ्गीत चिकित्सा ?
यो यस्तो चिकित्सा हो जसमा मानसिक र शारीरिक रोगलाई सङ्गीतको तीव्र, मध्यम र मन्द स्वर, तरङ्गद्वारा ठीक पार्ने प्रयास गरिन्छ । यो चिकित्साको उपयोग सामान्यतः बिरामीको रोगसँग जोडिएको औषधिमूलोसँगै छिटो आराम दिनका लागि गरिन्छ । एकाग्रता बढाउनका लागि प्राकृतिक स्वर लहरी सुन्नु फाइदाजनक मानिन्छ । समुद्रको छालको स्वर, पानी पर्नुको स्वर, पानीको बहावको स्वर, चराचुरुङ्गीको स्वरलगायतका रिदममा रहेको प्राकृतिक स्वर लहरी सुनेर व्यक्ति विशेषले आफ्नो एकाग्रता बढाउन सक्ने डा. जोशीले जानकारी दिए  ।

डा. बज्राचार्यका अनुसार, अधिकतम स्वास्थ्य फाइदा उठाउन सङ्गीतलाई जीवनको नियमित दिनचर्या बनाउनुपर्छ । जीवनमा सङ्गीतलाई समेत जोड्नु कहिले पनि ढिलो भएको मानिँदैन । उनले काममा जाने बेला वा व्यायाम गर्दाताका दिनहुँ सङ्गीत सुन्नुपर्ने सुझाव दिँदै खाना पकाउँदा सकेसम्म सङ्गीतको आनन्द लिनुपर्ने पनि बताईन्  ।

सङ्गीत सिक्नुपर्छ वा साथीहरूसँग साङ्गीतिक प्रक्रियामा जोड्नुपर्छ । आफ्नो रुचिअनुसार सङ्गीत, नाटक वा अन्य सामुदायिक साङ्गीतिक गतिविधिमा भाग लिनुका साथै आफ्ना बच्चालाई सङ्गीत सुन्न, गाउन, वाद्ययन्त्र बजाउन प्रोत्साहित गर्नुपर्ने पनि विज्ञहरूको सुझाव छ ।

छिमेकी राष्ट्र भारतको झारखण्ड राज्यस्थित जमशेदपुर सदर अस्पतालमा रोगीको उपचार औषधिले मात्र नभएर सङ्गीतले समेत गरिन्छ । अस्पतालमा २४सै घण्टा मधुरो आवाजमा वाद्यवादन बजिरहेको हुन्छ । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) का अनुसार सङ्गीतले धेरै स्वास्थ्य फाइदा हुन सक्छ तर यो सबैका लागि सहयोगी नहुन पनि सक्छ । हाल वैज्ञानिकहरू सङ्गीत र मस्तिष्कबारे अधिकतम जान्ने प्रयासमा रहेको भनेर गोरखापत्रमा समाचार छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर