1478958692 banner ad format

 
 

अमेरिकाको न्यूयोर्कमा एक लिमोजिन दुर्घटनाग्रस्त भएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा २० को मृत्यु भएको छ ।

एउटा पार्टीमा गइरहेको गाडी दुर्घटना शनिबार दिउँसो शोहारी शहरमा थियो । गाडीमा सवार सबैको मृत्यु भएको छ भने दुई पैदलयात्रुलाई समेत गाडीले किचेको छ ।

प्रत्यक्षदर्शीका अनुसार एसयूवी–स्टाइलको एक लिमोजिन डिभाइडरसँग ठोक्कियो र अर्को कारसँग पनि ठोक्कियो । त्यसपछि गाडी एउटा पसलको पार्किङमा उभिएका मानिसतर्फ अघि बढ्यो ।

दुर्घटनाको खास कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रकासित मिति

Loading...

 

yummyfood