1478958692 banner ad format

 
 

काठमाडौं । पाकिस्तान सरकारले एक्सन–एड र प्लान इन्टरनेशनल लगायत आईएनजीओहरुलाई आफ्नो कार्यक्रम बन्द गरेर ६० दिनभित्र पाकिस्तान छाड्न उर्दी जारी गरेको छ ।

यसै बीच एक्सन–एडले यो कदम पाकिस्तानमा ‘पछिल्लो समय नागरिक समाजमाथि बढेको धरपकड’को हिस्सा भएको आरोप लगाएको छ ।

बीबीसीलाई प्राप्त एक्सन–एडलाई पठाइएको पत्रमा ६ महिनाभित्र यी संस्थाहरुलाई दर्ताको लागि पुनः आवेदन दिन सक्ने बताइएको छ । एक्सन–एड र अन्य कयौँ आइएनजीओहरुलाई सन् २०१७ डिसेम्बरमा पनि पाकिस्तान छाड्न आदेश दिइएको थियो ।

पाकिस्तानको गुप्तचर संस्थाले सन् २०११ यता आईएनजीओमाथि नजर राखिरहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood