doti prakash khadka UAE kantipath

युएई - अन्तराष्ट्रिय रोल्पाली सेवा समाज युएईले भिजिट भिसामा युएई पुगेका एक अलपत्र नेपालीलाई उद्दार गरेको छ । काम नपाएर युएइमा अलपत्र परेका डोटी नौ भारीका प्रकाश खड्कालाई समाजको पहलमा नेपाल फर्काइएको हो ।

पिडित खड्का केहि समय अघि भिजिट भिसामा युएई पुगेका थिए । ४५ दिनसम्म उनले काम नपाएपछि अलपत्र परेका थिए । पिडित स्वयमले उद्दार गरिदिन आग्रह गरेपछि रोल्पाली सेवा समाजको पहलमा उनलाई हवाई टिकटको ब्यबस्थागरि नेपाल फर्काइएको समाजका सल्लाहकार देबराज ओलीले बताए ।

खड्काले यसघि मुटु सम्बन्धि रोगको अपरेसन गरेका थिए । उनको त्यो पुरानो रोग बल्झीए पछि थप समस्यामा परेकोले घर फर्किन चाहेका थिए । सोहि क्रममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले ६५० दिरामको टिकटको ब्यबस्था गरि नेपाल फर्काइएको हो ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...