1478958692 banner ad format

 
 

काठमाडौं । मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल पठाउन जिम्मेवारी दिएको भन्दै केही नेपालीले नै ठगी गर्नेे गरेको पाइएको छ।

मलेसिया स्थित नेपाली दूतावासले हालै जारी गरेको सूचनामा ‘अनधिकृत व्यक्तिहरुसँग अवैधानिक ढंगले विभिन्न कामको लागि कारोबार नगर्नुहुन सवैमा दूतावास अनुरोध गर्छ।’ भनिएको छ ।

अवैधानिक भएकालाई नेपाल फिर्ता पठाउने भन्दै रकम अशुली भएको पीडतहरुको उजुरी दूतावासमा परेका छन् । नेपाली दूतावासले यसै अभियोगमा नाल्बू–१ ताप्लेजुङ घर भई हाल मलेसिया बस्ने फुपु तेम्बा शेर्पामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ।


दूतावासले नेपालबाट जुन कम्पनीमा काम गर्न भनी आफैँले सम्झौतापत्रमा हस्ताक्षर गरी आएको हो सो कम्पनीको सम्झौता अवधि नसकी आफू खुशी नभाग्नसमेत अपिल गरेको छ।

प्रकासित मिति

Loading...

 

yummyfood